अर्जुन लामिछाने
१८ कात्तिक, म्याग्दी । म्याग्दीको घतान ६
गलेश्वरमा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच भएको झडपमा
चार जना घाइते भएका छन् ।
नेपाली काँग्रेसको आमसभा भैरहेको समयमा
आईतबार साँझ नाराबाजी सहित सभा बिथोल्न खोजेपछि झडप भएको जिल्ला प्रहरी
कार्यालय म्याग्दीले जनाएको छ । दुवै पक्षबीच झडप हुँदा संघ म्याग्दीका
अध्यक्ष दिनेश केसी सख्त घाईते हुनुभएको छ ।
टाउकोमा चोट लागेका केसीलाई उपचारका लागि
रातिनै पोखरा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि न्युरो अस्पताल काठमाडौ
लगिएको एमाले म्याग्दीले जनाएको छ । झडपमा तरुण दलका बिशाल बरुवाल,
काँग्रेसका कलाकार प्रेमबहादुर रोका र एकेन्द्र पुर्जा
पनि घाइते हुनुभएको छ । घाईते रोका र पुर्जालाई पनि उपचारका लागि पोखरा लगिएको छ ।
पनि घाइते हुनुभएको छ । घाईते रोका र पुर्जालाई पनि उपचारका लागि पोखरा लगिएको छ ।
नेपाली काँग्रेसको आमसभा भइरहेको अवस्थामा
युवा संघका कार्यकर्ताले विथोल्न खोजेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय
म्याग्दीका प्रहरी नायव उपरिक्षक कृष्णबहादुर पल्लीमगरले बताउनुभयो । सो
घटनामा संलग्न दिपेन पुर्जा र गोपाल पुनलाई अनुसन्धानका लागि प्रहरीले
नियन्त्रणमा लिएको छ ।
प्रहरी नियन्त्रणमा रहेका दुवै युवा संघका
कार्यकर्ता हुन् । नेपाली काँग्रेस म्याग्दीका सहसचिव अजयमिलन श्रेष्ठले
मादक पदार्थ सेवन गरेका युवा संघका कार्यकर्ताले गुण्डागर्दी शैलीमा आक्रमण
गरि आमसभालाई बिथोल्न खोजेको बताउनुभयो ।
नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य
सन्तोष रावलले नेपाली काँग्रेसले आचार संहिता विपरित रातको समयमा आमसभा
गर्न खोजेपछि त्यहाँ पुगेका युवा संघका अध्यक्ष लगायत कार्यकर्ताले
आचारसंहिताको कुरा उठाउँदा नेपाली काँग्रेसका कार्यकर्ताले कुटपिट गरेको
बताउनुभयो ।
No comments:
Post a Comment