आफ्नो ४८ औं जन्मदिन शनिबार मात्र मनाएका
बलिउड वादशाह साहरुख खानले विभिन्न रहस्यहरु खोलेका छन् । उनले सलमानसँग
सिनेमा खेल्दा आफूलाई कुनै आपत्ती नहुने तर्क गरेका छन् । शनिबार आफ्नै
निवासमा संचारमाध्यमसँग कुरा गर्दै साहरुखले सलमानसँग पर्दा बाड्न आफू तयार
रहेको बताए । सलमान र आफू बिच कुनै खालका तिक्तता नभएको उनको तर्क छ । साहरुखले
आफ्नो तेश्रो सन्तान अब्राहम बलिउडको भावी साहरुख खान भएको दाबी पनि गरेका
छन् । उनले भने, ‘मैले बलिउडको भावी साहरुखको रुपमा आफ्नै छोरा अब्राहम
लाई
देखेको छु ।’
यसैबिच साहरुख खानले निर्माण तथा अभिनय
गरिरहेको चलचित्र ‘ह्याप्पी न्यू ईयर’मा सलमान खानकी बुहारी मलाइका अरोरा
खान पनि देखिने भएकी छिन् । एक बिशेष भूमिकामा मलाइका देखिन लागेको भारतिय
संचारमाध्यमहरुको दाबी छ । साहरुख र सलमान बिच भलै दुश्मनी भएपनि उनीहरुको
परिवारको सम्बन्धमा भने यि दुई स्टारले कुनै हस्तक्षेप गरेका छैनन् ।
No comments:
Post a Comment