लमजुङ,
पुस १३ नेकपा–माओवादीका सचिव देव गुरुङले ४ राजनीतिक दलसँग वार्ताको
सम्भावना क्षीण बन्दै गएकाले आन्दोलनको विकल्प नभएको बताएका छन् । लमजुङमा
आज क्रान्तिकारी पत्रकार महासंघले गरेको पत्रकार भेटघाटमा नेता गुरुङले
अहिलेको संविधानसभा निर्वाचनको कुनै औचित्य नभएको बताए ।
औचित्य नभएको संविधानसभाले जारी गरेको संविधानको पनि औचित्य नहुने भएकाले आफूहरुले त्यसलाई नमान्ने उनले बताए ।
सार्वभौम सम्पन्न अधिकारसहितको संविधान
अहिलेको आवश्यकता रहेको भन्दै गुरुङले विदेशीको इशारामा बन्ने संविधान
मान्य नहुने र यसका लागि सडक आन्दोलन गर्ने चेतावनी दिए । अहिलेको अवस्था २०४८ सालको
भन्दा फरक
नभएको र राजनीतिक दलका नेताहरुले २०४७ सालको संविधानलाई ब्युताउँन खोजेको
आरोप समेत गुरुङले लगाए ।
No comments:
Post a Comment