मलेसियाको क्वालालम्पुरमा रहेको ‘द खुकुरी रेष्टुरेण्ट’मा बिहिवार पत्रकार सम्मेलन आयोजना गरी आयोजकहरुले उक्त जानकारी गराएका हुन । कार्यक्रममा वोल्दै प्राविधिक संघका अध्यक्ष मनोज केसीले यो अवार्ड राष्ट्रकै भएकोले सबैलाई सहयोग गर्न आग्रह गरेका थिए । यस्तै कार्यक्रममा बोल्दै कलाकार सुनिल थापाले विदेशमा नेपाली सिनेमालाई प्रतिनिधित्व गर्दै
यती ठूलो अवार्ड हुन लागेकाले सबैको सहकार्यको आवश्यकतामा जोड दिएका थिए ।
स्थानिय आयोजक समेत रहेका सुवास गिरीले यस
अघि घोषणा भएको मितिमा प्राविधिक कारणवस अवार्ड हुन नसकेको जनाउँदै यो पटक
तोकिएकै मितिमा कार्यक्रम हुने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमका लागि
नेपाली सिने क्षेत्रका कलाकार, प्राविधिक, पत्रकार, निर्देशक, निर्माता
सहितको १ सय जनाको टोली मलेसिया आउनेछ ।
सेतिआलमको सेतियाजयाको भब्य हलमा
कार्यक्रम हुने भएको छ । कार्यक्रमस्थल सम्म पुग्नको लागि केलाङवाट निशुल्क
बसको ब्यवस्था गरिने भएको छ । अवार्ड वितरण कार्यक्रममा कलाकार निर शाहलाई
अभिनय शिरोमणीको उपाधीबाट सम्मान गरिने भएको छ । यस अघि उक्त अवार्ड
कार्यक्रममा नायक राजेश हमाललाई महानायकको सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रमलाई नेपालमा रहेको चारवटा टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गर्ने
भएका छन ।
No comments:
Post a Comment