Monday, February 24, 2014

सुरक्षा विशेष समितिमा झलनाथदेखि बाबुरामसम्म

            १२ फागुन, काठमाडौं । व्यवस्थापिका संसदको बैठकले ८१ सदस्यीय सुरक्षा विशेष समिति गठन गरेको छ । सोमबार बसेको संसद बैठकले व्यवस्थापिका संसदको कार्यसञ्चालन नियमावली ०६५ को नियम ११७ अनुसार समिति गठन गरेको हो । 
                समितिमा नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, सहमहामन्त्री पूर्ण वहादुर खड्का, कोषाध्यक्ष चित्रलेखा यादव, नेता कुलवहादुर गुरुङ, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, कमला पन्तलगायतका रहेका छन् । यसैगरी एमालेवाट अध्यक्ष झलनाथ खनाल, संसदीय दलका नेता केपी शर्मा ओली, बरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, नेता भरतमोहन अधिकारी
लगायत रहेका छन् । यसैगरी एमाओवादीका नेता बाबुराम भट्टराई, कष्णबहादुर महारा, ओनसरी घर्ती, गणेशमान पुन, जनार्दन शर्मा, रामनारायण विडारी, रेखा शर्मा लगायतका परेका छन् भने साना दलका तर्फवाट सभासदहरू एकनाथ ढकाल, कुमार खड्का, डिम्पलकुमारी झा, परशुराम तामाङ, प्रेमवहादुर सिंह, विसेन्द्र पासवान, हरिचरण शाह, सरिता कुमारी यादव लगायत रहेका छन् । समितिमा राष्ट्रिय सुरक्षा परिषद्मा रहने प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, प्रधामन्त्रीले तोकेका तीनजना मन्त्री, राज्य व्यवस्था समितिका सभापतिसहित सबै दलकाम सभासदहरु रहने प्रावधान छ । समितिको पदेन सभापति र उपसभापतिमा सभासमुख र उपसभामुख रहन्छन् । सुरक्षा विशेष समितिले प्राकृतिक विपत बाहेकको अवस्थामा सेना परिचालन भए त्यसलाई अनुमोदन गर्ने कार्य गर्दछ । यस्तो समिति व्यवस्थापिका संसदको कार्यकालसम्मै कायम रहन्छ । दोस्रो संविधानसभा चुनावका बेला गरिएको सेना परिचालनलाई पनि संसदले अनुमोदन गर्न बाँकी छ ।

No comments:

Post a Comment