आफूले नै निर्माण गरेको पहिलो चलचित्र ‘नोभेम्बर रेन’को प्रचारमा खासै मन नदेखाएका नायक आर्यन सिग्देल पोखरा पुगेका छन् । पोखरामा नै छायांकन हुन लागेको चलचित्र ‘नाइके’मा अभिनय गर्न उनी त्यता लागेका हुन् ।
चैत्र १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नोभेम्बर रेन’का निर्माता तथा नायक आर्यनले यो सिनेमाको प्रचारमा ध्यान नदिएको आरोप लाग्दै आएको छ । जुन कुरालाई स्वयंम आर्यनका गतिविधीले पनि पुष्टी गरिरहेको छ ।
यसैबिच चलचित्रको निर्माणपक्षले नेसनल फेसन इन्सिच्यूटसँग मिलेर फेशन शोको आयोजना गरेको छ ।
जहाँ व्यवसायिक मोडलसँग मिलेर नायिकानम्रता श्रेष्ठले र्याम्प नापेकी छिन् । उनको साथमा चलचित्रका निर्देशक दिनेश राउत, छायांकार राजेश श्रेष्ठ, लेखक छेतन गुरुङले पनि र्याम्पको अनुभव बटुलेका छन् ।
सुवास गिरीको निर्माणमा तयार भएको यो सिनेमाले प्रेमको कथा बोल्छ । चलचित्रको प्रचारप्रसारबाट अर्की नायिका छुल्ठिम गुरुङ पनि टाढा
नै देखिएकी छिन् ।
No comments:
Post a Comment