
काठमाडौँ,फागुन १५। भगवान शिवको पुजा तथा अर्चना गर्दै आज देशभरका
हिन्दू धर्मावलम्बीले शिवरात्रि पर्व मनाउर्दै छन्। प्रत्येक वर्ष फागुन
चर्तुदर्शीका दिन हन्दू धर्मावलम्बीले पशुपतिलगायत देशभरका शिवालयमा भगवान
शिवको पूजा तथा आराधना गरी शिवरात्रि मनाइने प्रचलन रहेको छ।
विभिन्न १२ ज्योतिर्लिङ्गमध्ये पशुपतिनाथ पनि महत्वपूर्ण भएकाले हिन्दू
धर्मावलम्बीले शिवरात्रिमा सो मन्दिरमा दर्शन तथा पूजा गर्ने प्रचलन छ।
नेपालका राष्ट्रिय र आराध्य देवताका रूपमा पनि उनी
पुजिन्छन्। वुद्धि र
विवेकको अभाव तथा मोह र मायाको अन्धकारमा रही बन्धन वा पाशमा रहेकालाई
पशुपतिको आराधना र उपासनाबाट मुक्ति मिल्ने विश्वास छ।पशुपतिनाथ मन्दिरमा दर्शनका लागि भारतलगायत विभिन्न देशबाट पाँच हजार
साधुसन्त भित्रिएका छन्। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द
टण्डनले दर्शनका लागि आएका साधुसन्तको सेवा सुविधा तथा व्यवस्थापन गर्ने
उद्देश्यले उनीहरुको स्तर हेरी रु २०० देखि पाँच हजारसम्म दक्षिण दिएर
बिदाई गरिने व्यवस्था समेत गरिएको जानकारी दिनुभयो।कोष र गुठी संस्थानले द
नेपालको जनकपुर, वीरगन्ज, हेटौँडा, नेपालगन्ज, चितवनलगायत तथा भारतका
विहार, हरियाणा, गुजरात, मुम्बइ, कर्णाटक आदि स्थानबाट साधुसन्त यहाँ आएका
छन्। उनीहरू मन्दिरको आसपास क्षेत्र, श्लेषमान्तक, राम मन्दिर, अन्नपूर्ण
भण्डारलगायत स्थानमा धुनी जगाउँदै, शक्तिको पूजा गरी खरानी घस्ने तथा गाँजा
खाँदै निश्चिन्त भई जीवन जगत्को चिन्तन तथा परमात्माको साक्षात्कार
गरिरहेका छन्। विभिन्न भजन कीर्तनमा समेत उनीहरू सहभागी भएका छन्। कोषका
अनुसार दर्शनका लागि विभिन्न देशबाट आउने भक्तजनहरुको सुरक्षा तथा व्यवस्था
गर्नका लागि करिब तीन हजार सुक्षाकर्मी र १० हजारभन्दा बढी स्वयम्सेवक
परिचालन समेत गरिएको छ।<
क्षिणा, भेटी, दही, मिठाइलगायत खानेकुरालगायतको
व्यवस्था पनि गरेको छ। भारतको आसामस्थित कामरूप कामाक्षाबाट ११० वर्षका
मिलनबाबा पशुपतिमा आइसक्नुभएको कोषले जनाएको छ।
No comments:
Post a Comment