Sunday, March 2, 2014

ज्ञापन पत्र बुझाइयो


बैकुण्ठ गिरी
फागुन १९, पर्वत जन क्रान्तिका शहिद परिवार नेपाल पर्वतले आज जिल्ला प्रशासन कार्यलयमा बिभिन्न माग सहित ज्ञापन पत्र बुझाएको छ । शहिद परिवार समाज पर्वतका सदस्य बिक्की गुरुङ्गको नेतृत्वमा गएको टोलीले सहायक प्रजिअ चुडाराज भट्टराईलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा राज्यले सहिद परिवार, बेपत्ता योद्धा परिवार तथा घाइ
ते अपाङ्गहरुको उचित मुल्याङ्गकन गर्नुपर्ने, बेपत्ता योद्धाहरुलाई तत्काल सार्वजनिक गर्नुपर्ने, घाइतेको उपचार गर्नुपर्ने, सहिद परिवारको राहत प्रकृयालाई छिटो र छरितो बनाइनु पर्ने, तिनका परिवारको अभिभाबकत्व राज्यले ग्रहण गर्नुपर्ने माग
गरिएको छ ।
पत्रमा सहिद परिवार, बेपत्ता योद्धा परिवार तथा घाइते अपाङ्गहरुका छोराछोरीहरुलाई निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य एंव रोजगारका बिषयमा राज्यले तत्काल ब्याबस्था गर्नुपर्ने बताइएको छ । राज्यले आफुहरुलाई राहत दिनुको सट्टा बिभिन्न बहानामा झनै पिडा दिनु दुःखदायी हुने शहिद परिवार समाजको भनाई छ । साथै सहिद परिवार, बेपत्ता नागरिकका परिवारलाई र अपाङ्ग योद्धाहरुलाई तुरुन्त परिचय पत्रको वितरण गर्नुपर्ने र जनयुद्ध तथा जनक्रान्तिका सम्पूर्ण शहिदहरुलाई राष्ट्रिय शहिद घोषणा गर्नुपर्ने पनि बताइएको छ । 
ज्ञापन पत्र बुझ्दै सहायक प्रजिअ चुडाराज भट्टराईले आफ्नो तर्फबाट हुन सक्ने काम तत्काल गर्ने र केन्द्रबाट हुने कामलाई गृह मन्त्रालयमा पठाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

No comments:

Post a Comment