नेकपा–माओवादीका महासचिव रामबहादुर थापा
‘बादल’ले मंगलबार हेटौंडामा आयोजित पार्टीको प्रथम जिल्ला अधिवेशन उद्घाटन
गर्दै सम्पूर्ण राष्ट्रभक्तहरु एक हुनुपर्नेमा जोड दिएका छन् ।
थापाले अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन
गर्दै दश वर्षे सशस्त्र युद्धबाट आएको माओवादीबाट जनताले धेरै आशा गरेको र
उक्त आशालाई पूरा नगरी विभाजित भएकोमा जनता निराश भएको बताएका छन् ।
कार्यक्रममा थापाले पार्टीले बिभिन्न समयमा प्राप्त गरेको उपलब्धिहरुसमेत
गुम्दै गरेको बताए । नेकपा–माओवादी मकवानपुरकी इन्चार्ज एवम् केन्द्रीय
सदस्य कुमारी मोक्तानको
अध्यक्षतामा भएको हो । कार्यक्रममा पार्टीका
केन्द्रीय सदस्य सूर्य सुवेदी ‘पथिक’, केन्द्रीय सदस्य अनिल ‘विरही’, अमृता
थापा मगर लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले मकवानपुरका
अध्यक्ष रामेश्वर राना, एमाओवादी मकवानपुरका नेता प्रेमबहादुर पुलामी,
नेकपा माओवादीका गोकुल दाहाल, नेकपा मालेका सुरेन्द्र बिष्ट, राप्रपाका
सिताराम बर्तौलासहित विभिन्न राजनीतिक दलका नेताहरुकोसमेत उपस्थिति रहेको
थियो । बुधबार नयाँ नेतृत्व चयन गर्दै सम्मेलन सकिने बताइएको छ ।
No comments:
Post a Comment