Tuesday, May 27, 2014

सलमानसँग प्रियंका नाच्ने, करिना र कट्रिनालाई गरिएन अफर ?

साहरुख खानको क्याम्पकै भएका कारण नायिका दीपिका पादुकोणले चलचित्र ‘किक’का लागि आइटम नृत्य गर्न अस्विकार गरिदिएकी थिइन् । साहरुख खानसँग ‘ह्याप्पी न्यू ईयर’मा काम गरिरहेकी दीपिका सलमानकी पहिलो रोजाइमा थिइन् । तर सलमानको रोजाइलाई दीपिकाले नकारेपछि ‘किक’का निर्देशक तथा निर्माता साजिद नाडियाडवाल अप्ठ्यारोमा परेका छन् । अब सलमानसँग आइटम नाच्नका लागि नायिका प्रियंका चोपडालाई अफर गरिएको छ । उसो त साजिद यो गीतमा बलिउडका अन्य २ नायिका करिना कपुर र कट्रिना कैफलाई
पनि अफर गर्न सक्थे । तर करिनाको घट्दो बजार र कट्रिनाको नायक रणवीर कपुरसँगको गहिरो अफेयरका कारण प्रियंकाले यो अवसर पाएकी हुन् । अब यो गीतमा नायिका चोपडाले आफ्नो जल्वा देखाउनेेछिन् । चलचित्रका लागि यो गीत निक्कै महत्वपूर्ण मानिएको छ ।

No comments:

Post a Comment