काठमाडौं,जेठ१४–रोजगारीका
सिलसिलामा विदेश जाने नेपाली कामदारबाट दैनिक साढे २७ लाख रुपैयाँ ठगी
हुने गरेको पाइएको छ । म्यानपावर एजेन्सी र एजेन्टले बढी रकम असुल्ने र
नक्कली सम्झौतामा विदेश पठाउने भएकाले कामदार ठगीमा पर्ने गरेका हुन् । वैदेशिक रोजगार विभागमा परेका उजुरीअनुसार चालू आर्थिक वर्षका १० महिनामा
व्यक्तिगत (एजेन्ट) र संस्थागत (म्यानपावर एजेन्सी)ले कामदारको ८२ करोड ७५
लाख २९ हजार ५ रुपैयाँ ठगी गरेका छन् । यो दैनिक सरदर २७ लाख ५० हजार
रुपैयाँ भन्दा बढी हो ।
विभागको उजुरी तथा अनुसन्धान शाखाका निर्देशक नारायणप्रसाद रिमालले
म्यानपावर र एजेन्टबाट हुने ठगीमध्ये ३ सय ७७ उजुरीमा फरफारक गरिसकिएको
जानकारी दिए । ‘ ३ सय ७७ उजुरीमा १४ करोड ६६ लाख ९१ हजार रुपैयाँ छ,‘उनले
भने ‘त्यो रकम कामदारलाई दिएपछि उनीहरुले म्यानपावर र एजेन्टविरुद्धको
उजुरी फिर्ता लिइसकेका छन् ।’ विभागले १ सय ६ उजुरीको ३९ करोड ६६ लाख ८६ हजार ७ सय ३७ रुपैयाँ विगोसहित
वैदेशिक रोजगार न्यायायधिकरणमा मुद्दा दायर
गरेको छ । विभागमा परेका
उजुरीमध्ये ७६ प्रतिशतको न फरफारक भएको छ, न त अदालतमा मुद्दा नै दायर भएको
छ ।
No comments:
Post a Comment