Thursday, August 14, 2014

बाबुरामलाई मनाउन प्रचण्ड समुहले हदैसम्मको लचकता अपनाउने

                    काठमाडौँ, साउन २९– एकीकृत नेकपा (माओवादी) को संस्थापन पक्षले पार्टी एकताका लागि हदैसम्मको लचकता अपनाउने निर्णय गरेको छ ।एमाओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको पार्टीको स्थायी समितिको बैठकले पार्टी एकताको लागि विशेष महाधिवेशनको विकल्प खुला राख्ने निर्णय गरेको हो । एमाओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले संविधान लेखनलाई निस्कर्षमा पु¥याउन पार्टी एकताका लागि अधिकतम् लचकता अपनाउने निर्णय स्थायी समितिको बैठकले गरेको बताए । बरिष्ठ नेता डा बाबुराम भट्टराई पक्षसँग पार्टी एकताका विषयमा थप छलफल गर्ने र सो पक्षले राखेका मागहरूमा नरमरूपमा प्रस्तुत हुनेसमेत बैठकले निर्णय गरेको छ । गजुरेलले तत्कालै भट्टराईलगायतका नेताहरूसँग खुलारूपमा सबै विकल्पमा छलफल अगाडि बढाइने बताए । नेता भट्टराईसँगको छलफलमा संविधानका कार्यसूचीमा दुवै पक्षको समान मत लिएर अगाडि बढ्नेबारे पनि छलफल हुनेछ । पार्टीभित्र विवाद बढ्दै जाँदा संविधान लेखनका विषयमा पार्टीले आफ्ना कार्यसूचीमा ध्यान दिन नसकेको निस्कर्ष बैठकले
निकालेको छ ।

No comments:

Post a Comment