Thursday, August 14, 2014

'मझेरीमै पिसाव गर्थे माइकल ज्याक्सन' ५ जना महिलाले अनौठा अनौठा कुरा खुलासा !

         स्वर्गीय विश्वप्रसिद्ध पपस्टार माइकल ज्याक्सनको विषयमा उनको घरमा काम गर्ने ५ जना महिलाले अनौठा अनौठा कुरा खुलासा गरेका छन् । ती महिलाहरुले माइकल ज्याक्सनलाई हिलउडकै सबैभन्दा फोहोरी र फोहर मन पराउने ब्यक्तिको सज्ञा समेत दिएका छन् । अमेरिकी अखवार न्यूयोर्क टाइम्ससँग कुरा गर्दै ती महिलाहरुले माइकल ज्याक्सनले शौचालय समेत नगएर भुँइमै पिसाव गर्ने गरेकोखुलासा गरेका हुन् । एक महिलालले माइकल ज्याक्सन कुनै समय जनावरले विष्ट्याउन लागेको समयमा गोठमा जाने र कसैले पर हट्न भने गोवरले प्रहार गर्ने गरेको समेत बताइन् । सन् १९९३ मा माइकल ज्याक्सनमाथि एक किशोरलाई यौन दुर्ब्यवहार गरेको आरोप
लागेको थियो । त्यही आरोप लागेपछि ज्याक्सन खराव आचरणका हुँदै गएको ती महिलाहरुको भनाइ छ । चर्चित टेलिभिजन प्रस्तोता ओफरा विन्फ्रीसँगको अन्तवार्ताका क्रममा अन्तरवार्ता सकिएपछि उनले फार्म हाउसको गेटमै पिसाव फेरिदिएको एक महिलाले बताइन् ।  यस्तो आरोप लागेपछि माइकल ज्याक्सन पुनर्स्थापना केन्द्रमा समेत भर्णा भएका थिए । त्यतिमात्र होइन उनले ती किशोरका अभिभावकलाई २ करोड डलर क्षतिपुर्ति समेत तिरेका थिए । जीवनकालमा पनि विवादमा रहने गरेका माइकल ज्याक्सन यो पछिल्लो खुलासापछि मृत्युपर्यन्त पनि विवादमै पर्ने देखिएको छ । माइकल ज्याक्सनको ५ वर्ष अघि औषधीको ओभर डोजका कारण मृत्यु भएको थियो ।

No comments:

Post a Comment