Thursday, August 14, 2014

झलनाथको लन्डनमा हुने उपचार खर्च पनि सरकारले नै व्यहोर्ने

              काठमाडौं,साउन ३०–नेताहरूको उपचारखर्च सरकारले बेहोर्ने निर्णय विवादास्पद बनिरहेका बेला मन्त्रिपरिषद्ले एमाले निवर्तमान अध्यक्ष झलनाथ खनाललाई लन्डनमा उपचार गर्न लाग्ने सबै खर्च बेहोर्ने निर्णय गरेको छ। एक मन्त्रीका अनुसार उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमको प्रस्तावमा उक्त निर्णय भएको हो। गौतमले खनाललाई ‘भिटामिन डी डिफिसेन्सी’ को रोग लागेको भन्दै लन्डनमा उपचार गर्ने खर्च बेहोर्ने एक पृष्ठको विवरणसहितको प्रस्ताव पेस गरेपछि केही मन्त्रीले मेडिकल काउन्सिलको सिफारिस ल्याएरमात्र गर्नुपर्ने धारणा राखेका थिए। गौतमले ती सबै प्रक्रिया पूरा गरिने भन्दै निर्णय गर्न अनुरोध
गरेका थिए। 

No comments:

Post a Comment