Thursday, August 14, 2014

अलबिदा सरोज गोपाल

       पोखरा, २९ साउन ।लोकप्रिय सदाबाहार गायक सरोज गोपालको ६५ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । उनको बिहीबार आफ्नै निवास पोखरामा निधन भएको हो ।
             करोडौँ मुटुहरुको एउटै ढुकढुकी नेपाल बोलको चर्चित गीतका गायक गोपालको वास्तविक नाम सरोज गोपाल ब्रजाचार्य हो । उनले गाएको विजयपुर खोला तरेर बोलको गीत अहिले पनि उत्तिकै चर्चित छ । यस्तै नक्कलीलाई भगाइ लग्योबोलको गीत पनि चर्चित छ । गीतकार, संगीताकार, गायक र सञ्चारकर्मीको राम्रो पहिचान बनाएका गोपालकी श्रीमती बाबा राणा पनि लोकप्रिय गायिका
हुन् ।

No comments:

Post a Comment