Monday, March 16, 2015

माओवादी आन्दोलन पुनर्गठन अभियान सुरु

देशभर सभा र महाधिवेशन संयुक्तरुपमा गर्ने 
            २०७१ चैत २ , काठमाडौं । विभिन्न समूहमा विभाजित माओवादी पार्टीले पुनर्गठित महाधिवेशन गर्ने लक्ष्यका साथ ‘माओवादी आन्दोलन पुनर्गठन अभियान’ सुरु गरेका छन् । एमाओवादी, वैद्य माओवादी र नेकपा माओवादीका पार्टीका दोस्रो तहका नेताहरुको पहलमा पुनर्गठन अभियानको घोषणागरिएको छ । प्रज्ञा भवनमा आयोजित माओवादी आन्दोलन पुनर्गठन अभियानको सुरुवात जनयुद्धका सहिद र वेपत्ता परिवार तथा घाइते अपाङ्गहरुलाई मञ्चमा बोलाएर गरिएको थियो । मञ्चमा उँभिएका माओवादी नेताहरुले पार्टीको हँसिया अथौडा अंकित झण्डा
हातमा लिए र अरुले ताली बजाएर अभियानको उदघाटन गरे । पुनर्गठन अभियानको नामबाट माओवादी पार्टीहरुले देशभर संयुक्त रुपमा सभासमेत गर्नेछन् । शीर्ष नेताहरुको सहभागीतामा ५ देखि ७ स्थानमा सभा गरिने छ । जिल्ला र राज्य तहमा बैचारिक बहस र छलफल चलाउने तथा संयुक्त महाधिवेशन आयोजना गरी पार्टी पुनर्गठन गर्ने अभियानको लक्ष्य छ । अभियानले छ बुँदे प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेको छ । जसमा माओवादी आन्दोलनमा होमिएका सबै क्रान्तिकारी भएको स्वीकार गरिएको छ । साथै आन्दोलनमा विभिन्न स्खलन देखिएको भन्दै गल्ती कमजोरी सच्याइ नयाँ कार्यदिशा र कार्यनीति तय गर्ने उल्लेख छ । क्रान्तिको नयाँ कार्यदिशा बनाउने र संयुक्त संघर्षको अभियान घोषणा गरिएको छ । अभियानको लागि केन्द्रीय टीम बनाइने भएको छ । यसको संरचना तल्लोस्तरसम्म रहनेछ । दोस्रो चरणमा संयुक्त सभादेखि भेलासम्म गरिने भएको छ । घोषणा सभा अभियानका नेताहरुले पार्टी एकताको आधार बनाउन अभियान सुरु गरिएको बताए । ‘यसको उद्देश्य भनेको पुनर्गठित महाधिवेशनसम्म पुर्‍याउनु हो,’ विप्लव माओवादीका नेता धमेन्द्र बास्तोलाले भने । उनले सबै माओवादीलाई माओवादी आन्दोलन पुनर्गठन अभियानमा सहभागी हुन र विगतका कमिकमजोरीलाई सच्याएर क्रान्तिकारी कार्यदिशासहित सशक्त पार्टी निर्माण गर्न अपील गरे । एमाओवादीका नेता जनार्दन शर्मा प्रभाकरले नयाँ ढंगले छलफल गरेर आन्दोलनलाई एकीकृत गर्नुपर्ने बताए । अभियानले पार्टी नेतृत्वका लागि एकताको आधार खडा गर्ने उनले बताए । आफूहरुको कुनै स्वार्थ नभएको भन्दै उनले भने, ‘टुटफुट भएको पार्टीको स्थायी समिति, पोटिब्यूरो र केन्द्रीय सदस्य हुनु भन्दा एकीकृत पार्टीको एउटा सदस्य रहेर बस्नु बेस । तर, हाम्रो एउटै शर्त छ, माओवादी आन्दोलनलाई पुनर्गठन गर्नुपर्छ ।’ वैद्य माओवादीका नेता हितमान शाक्यले अब विभाजित भएर बसेर कुनै अर्थ नभएको बताए । उनले भने, ‘टुक्रा टुक्री बसेर हुँदैन । माओवादी आन्दोलन पुनर्गठन गर्नुपर्छ र नेपालको फेरि जिम्मा लिनुपर्छ ।’

No comments:

Post a Comment