Saturday, April 2, 2016

गजुरेलले लगाए प्रचण्ड र बाबुरामलाई फेरि अर्को गम्भीर आरोप

                माओवादीका उपाध्यक्ष गजुरेलले शनिबार राजधानीको संवाद डबलीमा सिन्धुली–काठमाडौं सम्पर्क मञ्चको तेस्रो सम्मेलनमा सो धारणा राखेका हुन् । उपाध्यक्ष गजुरेलले पार्टी एकताका लागि चलिरहेको छलफलमा एकीकृत माओवादी मात्र नभएर सबै क्रान्तिकारी कम्युनिष्टसंग एकता गर्न कसैको विरोध नरहेको बताउँदै गजुरेलले भने, ‘हाम्रो पार्टी छलफलमा एकताको विरोधी कोहि छैनन् र नवासंसोधनवादीहरुको पछि दौडन चाहाने पनि कोहि छैनन् ।’
गजुरेलले एकीकृत माओवादीसँग एकता हुन्छ या हुँदैन भन्ने कुरा आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्नपछि मात्रै निश्चित हुने भएपनि एमाओवादी त्यति गम्भीर नभएकोले एकता नहुने सम्भावना देखिएको बताए । एमाओवादीले पठाएको तीन बुंँदे प्रस्ताव पनि किर्ते रहेको आशंका गरिएको र भरखरै सम्पन्न एमाओवादी बैठकमा पनि एकताको कुनै छलफन नहुनुले पनि एमाओवादी पार्टी एकताप्रति गम्भीर नभएको आरोप लगाए । दश वर्षे जनयुद्धबाट बिशाल सम्भावना बोकेर आएको माओवादी शान्तिकालमा प्रतिकान्तिकारीसँग पराजित भएको र यसबाट आम कार्यकर्ता र जनसमुदायमा निराशा
छाएको बताए ।
प्रचण्ड र बाबुराम नै प्रतिक्रान्तिका नाईकेमा परिणत भएकाले माओवादीले यस्तो दुर्दशा भोग्नु परेको बताउँदै भने ‘प्रचण्ड–बाबुरामले जनसरकार र जनसेना भङ्ग भएको घोषणा गरेका उनीहरु प्रतिक्रान्तिका नाइके हैनन् ?’ गजुरेलले आफ्नो पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष किरणबाहेकका आएका फरक दस्तावेजहरु सुझावका रुपमा रहेकाले पार्टी फेरि फुट्छ भनेर चिन्ता नगर्न आग्रह गरे ।
काठमाडौं, । पार्टीको तात्कालिन कार्यायोजना तथा पार्टी एकताको बिषयलाई लिएर झण्डै एक हप्ता लामो बैठकमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेलले माओवादीहरुबीच एकता हुन आवश्यक भएपनि नवसंशोधनवादी र प्रतिक्रान्तिकारीको पिछलग्गु हुने अवस्था आउन नहुने बताएका छन् । क्रान्तिकारी माओवादी पार्टीको नौ दिनदेखि चलिरहेको कन्द्रीय समितिको बैठकमा बोल्ने हरेक सदस्यहरुले क्रान्तिका निम्ति माओवादी शक्तिहरुबीच एकता हुनुपर्ने कुरामा जोड दिएको बताउँदै गजुरेलले भने, “सिद्धान्तबिनाको एकता नवसंशोधनवादी र प्रतिक्रान्तिकारीको पिछलग्गु हुने र सो एकता हस्यास्पद हुन्छ ।”
- See more at: http://suchanakendra.com/archives/24135.html#sthash.PPDozUHB.dpuf

No comments:

Post a Comment