Saturday, April 2, 2016

गायक कृष्ण अखेलीको मुटु कसका कारण जल्यो (भिडियो सहित)

            पर्वत, । जीवनका हरेक पाटाहरुसंग दुख सुख जोडिएका हुन्छन, जिबन मा कहिले दुख कहिले सुख कहिले मिलन त कहिले बिछोड यस्तै जिबन भोगाइको क्रममा सधै दुखमा पौडिनु परेको कथा बोलेको छ पछिल्लो समयमा बजारमा आएको एउटा लोक दोहोरि गितले !
नाप्या छैन खुसि त कति छ, 
पिरमा यो ज्यान अरबौ पति छ,
रुझेको छु आशु धारामा,
तिमि बस्ने मुटु जल्यो मुटु बिना बाचुला र म !!
यस गितमा एकले अर्कोलाइ चाहदा चाहदै पनि टाढिनु परेको बिबसता ओकेल्न खोजिएको छ । चर्चित संचारकर्मी एबम युवा लोक तथा दोहोरि गायक कृष्ण अखेली र कल्पना परियारको आवाजमा यो गित भर्खरै मात्रैबजारमा आएको छ ।
चर्चित शब्द संकलक शिब अखेलीको मार्मिक शब्दमा र कृष्ण अखेलिको लय संकलनमा सन्तोष कार्की को प्रस्तुतिमा आचार्य डिजिटल पोखराले यो गित लाइ बजारमा पठाएको हो । तारानाथ आचार्यले आशु धाराको एरेन्जर गरेका छन् भने सन्तोष कार्की र जमुना घर्तिले यस गितको भिडियोमा अभिनय गरेका छन् । भिडियोलाई कुमार के सी ले निर्देशन गरेका छन् दुर्गा पौडेल ले क्यामेरामा कैद गरेका हुन् । http://suchanakendra.com/archives/23835.html#sthash.Cc7K2UIU.dpuf

No comments:

Post a Comment