मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले जिद्दी गरेपछि संविधानसभाका सदस्यको शपथग्रहणसम्बन्धी अध्यादेश जारी हुन विलम्व भएको छ। नवनिर्वाचित सभासद्हरूको शपथग्रहण सम्बन्धमा अन्तरिम संविधान स्पष्ट नभएकोले निर्वाचित सभासद्मध्ये सबभन्दा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिने र बाँकी सभासद्लाई उनै ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्थाका निम्ति सरकारले अध्यादेश जारी गर्न गत साता राष्ट्रपतिसमक्ष पठाएको थियो। राष्ट्रपति कार्यालयले संविधानसभाको बैठक बोलाउनेसम्बन्धी प्रावधानमा समेत संशोधनका निम्ति अध्यादेश पठाउन मन्त्रिपरिषद्का अध्यक्षमार्फत सरकारलाई आग्रह गरेको थियो।
तर, अध्यक्ष रेग्मीले विश्वमा प्रचलित मान्यताविपरीत आफैँले संविधानसभाको बैठक बोलाउने रहर गर्नुभयो। रेग्मीले संविधानको धारा ६९ (उनान्सत्तरी) लाई देखाउँदै आफैँ बैठक आह्वान गर्न अग्रसर भएपछि राष्ट्रपतिले विभिन्न च्यानलमार्फत त्यसो गर्नु विश्वमा प्रचलित परम्परा र मान्यताको विरुद्ध हुने भनी रेग्मीलाई सचेत गराउनुभएको थियो। ज्ञातव्य छ, संसदीय प्रजातन्त्र भएका मुलुकमा संसद्को बैठक राष्ट्रप्रमुखले आह्वान गर्ने परम्परा छ। ०६५ मा तात्कालिक राष्ट्रप्रमुख


