Saturday, July 20, 2013

सुरु भयो ‘यो कथा हो तिम्रो मेरो’

                           द फ्रेम क्रियशनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’ को निर्माणपक्ष फाइनल स्त्रिप्ट पूजा गरि सुटिङको तयारीमा लागिपरेको छ ।
       भक्तपुरको सरस्वती मन्दिरमा स्त्रिmप्टको पूजा गरिएको हो । साउन २५ गते चलचत्रिको शुभमुहूर्त गरी छायाँकनमा जाने तयारीमा रहेको निर्माता निर्देशक ओम प्रतीकले बताए ।                                
                 निर्देशक ओम प्रतीकको निर्देशनमा बन्न लागेको ‘कथा हो तिम्रो मेरो’को कथो राजकुमार राईले लेखेका हुन् । सुरेश बज्राचार्यको छायाँकन रहने यस चलचित्रमा संगीत विकास चौधरीको छ । शंकर
अधिकारी घायल, गणेश सुवेदीको गीत रहेको यस चलचित्रको पब्लिसिटी डिजाइनर पत्रकार शान्तिप्रिय रहेका छन् । चलचित्रमा रवि कार्की, रिस्ता बस्नेत, गणेश उप्रेती र ओम प्रतीकको अभिनय रहने छ ।

No comments:

Post a Comment