Saturday, July 20, 2013

चेलिबेटीलाई आँखा लगाएको भन्दै प्रहरी कार्यालय तोडफोड

                      anaitik karyaगोरखा, साउन ५- ‘प्रहरी भएर हामी गाउँलेलाई सुरक्षा पो दिनुपर्छ, हाम्रो छोरीचेलीमाथि तिनिहरुले कुदृष्टि राख्ने हो ? यिनीहरुलाई त ठेगाना नलगाई हुँदैन ।’
           गोरखाको बरपाककी एक महिला आक्रोसित हुँदै थिइन् । एकैछिनमा यसौं स्थानीयले प्रहरी चौकी घेराउ गरी तोडफोडमा उत्रिए । गोरखा सदरमुकामबाट १८ कोश टाढा पर्ने बरपाकमा शुक्रबार यस्तै घटना भयो ।
                     गाउँको चेलिवेटीलाई आँखा लगाएको भन्दै डेढ सय भन्दा बढी स्थानीयले चौकी घेरेर झ्याल ढोका फुटाउनुका साथै, चौकी भित्रको समानहरु सबै
छरपस्ट बनाएको प्रहरीले जनाएको छ । स्थानीयले गाउँका युवतीलाई प्रहरीले अनैतिक क्रियाकलाप गरेको भन्दै चौकी तोडफोड गरेको दाबी गरेका छन् । स्थानीय बारपाक प्रहरी चौकीमा कार्यरत जवान रोशन सिंहले स्थानीय एक युवती सँग नजिकै स्कुल छेउमा अनैतिक क्रियाकलापमा संलग्न भएको गाउँलेले आरोप लगाएका छन्। रमना बुझेर शनिबार सरुवा हुन लागेका सिंहले बिहीबार साँझ युवती सँग भेट गरी अनैतिक काम गरेको स्थानीयको आरोप छ । युवतीसँग मस्त रहेका उनलाई केही युवाले देखे लगत्तै आक्रोसित स्थानीयले चौकी तोडफोड गरेको गारखा प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त कुँवरले बताए।
                     घटनालगत्तै जौवारीबाट प्रहरी निरीक्षकको कमाण्डमा १९ जना प्रहरी त्यसतर्फ गएका छन्। सो टोलीले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ । प्रहरीले अनैतिक कार्य गरेको प्रमाण भेटिए कारबाही गरिने बताएको छ ।

No comments:

Post a Comment