बलिउड नायिका प्रियंका चोपडा केवल हट तथा सेक्सी नायिका मात्र होइनन्
मीठो स्वरकी धनी तथा सम्भावना बोकेकी गायिका पनि हुन् । आफुमा गायकीपन
रहेको कुरा उनले पोहोर साल नै आफ्नो पहिलो गीत मार्फत पुष्टि गरिसकेकी
थिइन् । आफ्नो गायिकाको पहिचानलाई अझै उँचो बनाउने क्रममा पि्रयंकाले आफ्नो
दोश्रो गीत समेत सार्वजनिक गरेकी छिन्
अमेरिकी चर्चित र्यापर पिटबुलको समेत आवाज रहेको उनको दोश्रो गीत
‘एक्जोटिक’ को भिडियोमा पि्रयंका बिकिनीमा निकै कामूक रुपमा प्रस्तुत भएकी
छिन् । पहिलो एल्बम इन माइ सिटीको सफलतापछि आत्मविश्वास बटुलेकी पूर्व मिस
वल्र्ड पि्रयंकाले मुम्बइमा आयोजित एक समारोहका बीच आफ्नो दोश्रो एल्बम
सार्वजनिक गरिन् ।
उनले टि्वटर मार्फत आफ्नो दोश्रो गीतको भिडियो इन्टरनेटमा समेत लिक
भएकोमा आफु रिसाउनु पर्ने भएपनि अहिले आफु निकै खुसी रहेको बताइन् ।
पि्रयंकाको यो एल्बमको भिडियो यु ट्युबमा राखिएको छ । भिडियो अपलोड भएसँगै
यो गित ३२ लाख भन्दा बढिले हेरिसकेका छन् ।
No comments:
Post a Comment