बलिउड नायक साहरुख खान यतिबेला चलचित्र
‘चेन्नाई एक्सप्रेस’को प्रमोशनका लागि विश्वव्यापी दौडमा छन् । रोहित
सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्रमा साहरुख खान र दीपिका
पादुकोणलाई देख्न सकिन्छ ।चलचित्रको
प्रमोशनका लागि लण्डन पुगेका बलिउडका बादशाह साहरुख खान र नायिका दीपिका
पादुकोणले सम्पुर्ण नेपालीलाई ‘चेन्नाई एक्सप्रेस’ हेर्न नविर्सनुहोला
भन्दै आग्रह गरेका छन् । प्राप्त भिडियोमा साहरुखले भनेका
छन्, ‘मेरो चलचित्र ‘चेन्नाई एक्सप्रेस’ नेपालमा अगष्ट ९ देखि प्रदर्शन
हुँदैछ, हेर्न नविर्सनुहोला ।’ यो चलचित्र विश्वका ६० देशमा एकैसाथ
प्रदर्शनमा आउदैछ । बलिउडमा यो चलचित्रलाई यो बर्षकै बीग रीलिजको रुपमा
हेरिएको छ । चलचित्रको नेपाल प्रदर्शन जिम्मा दर्शना आर्टस्ले लिएको छ ।
यसैपछि चलचित्रको बिहिबार बेलुकी विशेष पत्रकार शो पनि गरिने भएको छ ।
चलचित्रको पत्रकार शो काठमाण्डौको बीग सिनेमामा गरिनेछ । यस्तै अगष्ट ११
अर्थात आइतबार बाढीपिडितका लागिचलचित्रकोच्यारेटी शो पनि गरिनेछ ।अहिले बलिउडका चर्चित कलाकारहरु नेपालमा सिनेमा प्रदर्शन हुँदा उत्सुकताका साथ नेपालीलाई सम्बोधन गरिरहेका छन् ।
No comments:
Post a Comment