Tuesday, July 23, 2013

पर्वतको वहाकी गाविसमा भिषण पहिरो

दुई सिंचाई ट्याङ्की र सयौं मुरी धानखेतीमा क्षति

             पर्वत जिल्लाको दक्षिणी क्षेत्रमा रहेको वहाकी गाविसमा अविरल वर्षाका कारण आएको भिषण पहिरोले लाखौंको क्षती पु¥याएको छ । 
                  गए राती वहाकी गाविस वडा नं ६ र ७ को भुभाग अन्तर्गत माथिल्लो क्षेत्रबाट खसेको पहिरोले दुई सिंचाई ट्याङ्की र सयौं मुरी धान उब्जनी हुने खेतीलाई क्षतिग्रस्त बनाएको हो । 
                   वहाकी गाविसको भुसालचोक–सगरमाथा सडक खण्ड माथि रहेको ठुलपँधेरा भन्ने स्थानबाट झण्डै डेढ किलोमिटिर तलसम्म ठुलो जब्रे पहरो खसेको स्थानीयबासीले बताएका
छन् ।
               पहिरो गएको स्थान भन्दा केही पर मात्र मानिसको बस्ती भएको र रातीको समयमा पहिरो गएका कारण मानविय क्षती भने नभएको स्थानीयवासी विष्णु भुसालले बताउनुभयो । ‘दिउसोमा पहिरो गएको भए घाँसकाट्ने, खेतमा पानी लगाउने र रोपाँई गर्ने प्रसस्त मानिसहरु हुन्थे’ भुसालले भन्नुभयोे ‘धन्न रातिको समयमा पहिरो गयो धेरैको ज्यान बँचेको छ’ । उहाँका अनुसार मानविय क्षती नभएपनि सिँचाई, ट्याङ्ककी, कुलो, २० घरको खानेपानीको पाईप र झण्डै १ सय रोपनी धानफल्ने खेती लाई पहिरोले पुर्ण रुपमा क्षति बनाएको छ । पहिरोले भौतिक पुर्वाधार र खेती योग्य जमिनमा ठुलो क्षती पुगेको स्थानीयवासीहरुको भनाई छ । पहिरोले मोटरबाटो समेत बगाएकोले हिंडडुल गर्ने यात्रुहरुलाई समस्या भएको छ । २० घरले पानी खाने पाइप समेत बगाएपछि स्थानीयवासी मर्कामा परेका छन् । सिँचाई भत्किएपछि अन्य खेतमा सिँचाई विहिन भएको छ भने खानेपानीको पाईप बगाउँदा खानेपानीको अभाव भएको छ । पहिरोले क्षति पु¥याएको स्थानमा मर्मत गर्नुपर्ने भएकाले सरकारी निकायले तुरुन्त मर्मतको पहल गनुपर्ने स्थानीयवासी पारिश्वर शर्माले बताउनुभयो ।
              गाउँमा यत्रतत्र मोटरबाटो खन्ने गरेकाले पनि जमिन खुकुलो हुँदै जाँदा पहिरो जाने क्रममा वृद्धि भएको स्थानीयको गुनासो रहेको छ । पहिरोले भौतिक क्षती भएपछि स्थानीयवासीले खानेपानी, सिँचाई, मोटरबाटोको मर्मतका लागि सम्वन्धीत निकायसँग माग गरेका छन् । उनिहरु वर्षभ्री खाने धानखेती नै पहिरोले नष्ट गरेपछि सम्वन्धीत निकायबाट राहत पाउने आशामा समेत बसेका छन् । यता जिल्ला प्रहरी कार्यालय पर्वतले पहिरोको अवस्था र क्षतीको विवरण लिन रानीपानी प्रहरी चौकीबाट प्रहरी टोली खटाईएको जनाएको छ ।
               त्यसैगरी सोही गाविसको रिप खोलाबाट रिपकटौंदे फाँटमा सिँचाई गरिएको स्थानमा पहिरोले कुलो भत्काउँदा झण्डै २० रोपनी खेतियोग्य जमिनमा क्षति भएको स्थानीयवासी सिता भुसालले बताउनुभयो । सिँचाई पहिरोलले भत्काएपछि अन्य खेतमा समेत सिँचाई गर्न समस्या भएको छ ।

No comments:

Post a Comment