रेखाले आफैं निर्माण गरेको चलचित्र ‘काली’ र छविराज प्रोडक्शनको ब्यानरमा तयार भएको चलचित्र ‘लोफर’ असोज २५ गते फूलपातिका दिनबाट प्रदर्शनमा आउँदैछ। सुरुवातमा निर्माता ओझाले
छविले रेखालाई मल्टिप्लेक्समा सिनेमा लगाएर आफूलाई उछिन्न चुनौती पनि दिएका छन्। ‘केही व्यक्तिले उचालेको भरमा उनी मसँग जुध्न खोज्दै छिन्, तर मलाई केही फरक पर्नेवाला छैन, भोलि काली पछारिएपछि उनको करिअर पनि पछारिने छ’, छविले भने। यता नायिका रेखा थापाले भने कुनै चाडपर्व कसैको पेवा नभएको भन्दै आफूले चलचित्र फूलपातिमै लगाउने बताउँदै हिंडेकी छिन्। नायिकाको रुपमा ओरोलो लाग्दै गएपछि रेखाले आफ्नै लगानीमा निर्माण गरेको सिनेमा ‘काली’ र चलचित्र चलाउन निक्कै माहिर मानिएका छविराज ओझाको ‘लोफर’ भिडन्तले सिने नगरीलाई तताउन थालेको छ। आर्यन सिग्देल, दयाहाङ राइ, नव नायिका रजनी केसीले अभिनय गरेको ‘लोफर’को चर्चा सिने नगरीमा चुलिएको छ। यसैले पनि छविसँग सिनेमा जुधाएर चलाउनु रेखाका लागि फलामको चिउरा चपाएजस्तै हुने चलचित्र पण्डितहरूको विश्लेषण छ।
No comments:
Post a Comment