Tuesday, July 23, 2013

छोटो लुगा लगाएर समाजसेवा गरिरहेको छुः पुनम पाण्डे

poonam              (एजेन्सी)–पोर्न स्टारबाट नायिका बनेकी सन्नी लियोनसँग दाँजेको कारण दुखी बनेकी पुनम पाण्डेले आफू रेखा, माधुरी दिक्षित र काजोलसँग प्रतिस्पर्धा गर्न चाहने बताइन् ।
            रिपोर्टरहरुसँगको कुराकानीको क्रममा उनको आफूलाई लियोनसँग दाँजेको कुरा मन नपरेको बताएकी छिन् । उनले आफ्नो मनपर्ने स्टारहरु रेखा, माधुरी र काजोल रहेको बताइन् ।
              ‘भविष्यमा मलाई यिनै कलाकारहरुसँग दाँजेमा म खुसी हुनेछु,’ उनले भनिन् । आफ्नो नयाँ फिल्म ‘नशा’ जुलाई २७ तारिकमा रिलिज हुने कुरा पनि उनले बताइन् ।
              केहि इन्टिमेट सिनहरुको बाहेक अरु धरै सिनहरु त्यस्ता दृश्यहरु छन् जसलाई दर्शकहरुले मनपराउने उनको दाबी छ ।
                उनका अनुसार, उनले आफ्नो अभिनयको क्षमता उजागर गर्नका लागि यो फिल्म रोजेको बताइन् । उनले भनिन्, मानिसहरुले मलाई स्क्रिनमा जस्तो देखिन्छु त्यस्तै हेर्न रुचाउँछन् र कसैलाई यस्तो कुरामा समस्या हुनुभएन । ‘थोरै लुगा लगाएर मैले समाजसेवा गरिरहेको छु
किनभने मानिसहरु मलाई यस्तै लुगामा हेर्न रुचाउँछन् ।’

No comments:

Post a Comment