नवलपरासीको
गैडाकोटमा आज भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्नेक्रममा
खनालले भन्नुभयो -’एमाओवादीको वेवास्ताले समस्या चर्केको छ, तर एमाले
लगायतका अन्य दल सबैलाई समेट्ने तयारीमा छन्, हामी नयाँ संविधानसभा
निर्वाचनमा कसैलाई काखा कसैलाई पाखा पार्दैनौं ।’ जनताको पक्षमा संविधान बनाउन लागेको भन्दै
खनालले नेकपा-माओवादीलाई जसरी
पनि चुनावमा ल्याउनुपर्ने र मंसिर ४ मै
निर्वाचन गराउनुपर्ने दाबी गर्नुभयो । नेकपा-माओवादीकै माग सम्बोधन गर्न गोलमेच
सम्मेलन गर्न लागेको खनालको भनाई छ । उहाँले भन्नुभयो-’नेकपा-माओवादीको माग
हामीले सम्बोधन गर्नका लागि गोलमेच सम्मेलन गर्ने तयारी गरेका हौं । सरकार
परिवर्तन र निर्वाचनको मिति परिवर्तन बाहेकका सम्पूर्ण विषयमा गोलमेच
मार्फत नै समाधान गर्नेछौं ।’
No comments:
Post a Comment