बिहेका
लागि नायक कपुर २ बर्ष अघि देखि नै तयार रहेको बताइएको छ । यता नायिका
कटि्रना कैफको बिषयमा रणवीरका पिता ऋषि कपुर र आमा नितु कपुर पनि तयार भएको
भारतिय संचारमाध्यमले उल्लेख गरेका छन् ।रणवीर र कटि्रना विगत २ बर्षदेखि निक्कै
गहिरो प्रेमसम्बन्धमा रहेको बताइएको छ । यसैले अब यि दुइले आफूहरुको
सम्बन्धलाई बिहेमा परिणत गर्ने तयारी गरेका हुन् । नायिका कटि्रना कैफ केही दिन अघि आयोजना
भएको आइफा अवार्डका लागि मकाउ प्रस्थान गर्न लागेको तस्बिर बाहिर आएको थियो
। तर उनी एयरपोर्टबाट मकाउ नगई रणविरसँग होलिडे मनाउन स्पेन तर्फ मोडिएकी
थिइन् । यस्तै रणविर केही समय अघि चलचित्र ‘ए जवानी हे दिवानी’को प्रमोशनका
लागि लण्डन पुगेका थिए । तर कटि्रना पनि रणवीरसँगै भएकाले दीपिका
प्रमोशनका लागि नगएको बताइएको छ । रणवीर र कटि्रनाको सम्बन्ध चलचित्र
‘राजनीति’को छायांकनसँगै सुरु भएको बताइएको छ । नायक सलमान खानसँग सम्बन्ध
बिच्छेद भएपछि कटि्रना रणवीरसँग नजिक भएकी हुन् । यि दुइको सम्बन्ध निक्कै
अगाडी बढेको प्रष्ट छ । यसैले पनि रणवीर र कटि्रना बिहे बन्धनमा बाधिए भने
अचम्म नमान्दा हुन्छ ।
No comments:
Post a Comment