Friday, July 12, 2013

आइफा अवार्डबाटै रणवीर र कटि्रना गायब

           बलिउड नायिका कटि्रना कैफ र नायक रणवीर कपुरले आफूहरु बिचको प्रेमसम्बन्धलाई जती लुकाउन खोजे पनि सकेका छैनन् । हालै मात्र रणवीर र कटि्रना एक साता लामो घुमघाम पश्चात मुम्बई फर्किएका छन् । उनीहरुलाई मुम्बई एयरपोर्टमा देखिएको हो । आइफा अवार्डमा पुगेपनि कटि्रना गि्रन कार्पेटमा भने देखिइनन् । यसैले पनि कटि्रना कता गायक भइन् भन्ने हल्ला अवार्डमा चलेको थियो ।  कटि्रना र रणवीरले छुट्टीमा जाने तयारी केही समय अघि नायक अर्जुन कपुरको पार्टीमा गरेका थिए । उनीहरुलाई आइसल्याण्डमा छुट्टी मनाउँदै गरेको
अवस्थामा केही फ्यानहरुले भेटेका थिए । नायिका दीपिका पादुकोणसँग सम्बन्ध विच्छेद भएपछि रणविर कटि्रनासँग नजिक भएका हुन् । उनले कटि्रनालाई फकाउन दीपिकालाई एक सिनेमाबाट हटाएका पनि छन् ।

No comments:

Post a Comment