Saturday, July 20, 2013

कोरिया जान नपाएका पीडितहरुले आन्दोलन गर्ने



                ५ साउन, काठमाण्डौ । कोरियाली भाषा परिक्षा पास गरेर पनि कोरिया जान नपाएका युवा युवतीहरुले कडा आन्दोलन गर्ने भएका छन् । रोजगार अनुमति प्रणाली (इपिएस) अनुसार कोरियाली भाषा परिक्षा पास गरेर रोस्टरमा नाम चढाईएका ६ हजार ५ सय युवा युवतीको नाम रोष्टरबाट हटाएर नयाँ भाषा परिक्षाको तयारीमा सरकार जुटेपछि पीडितहरुले आन्दोलनको घोषणा गरेका हुन् ।
           रिपोर्टर्स क्लब नेपालमा शनिबार पत्रकार सम्मेलन गर्दै इपिएस पीडितहरुले आन्दोलनको कार्यक्रमबारे सार्वजनिक गरेका छन् । उनीहरुले बिभिन्न १०
सूत्रीय माग अघि सारेर सरकारले कुटनीतिक पहलद्वारा कोरिया जान पाउने ब्यवस्था गर्नु पर्ने आफुहरुको माग सम्बोधन नगरे धर्ना, जुलुस, घेराउ र आमरण अनसन बस्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
              इपिएसको नयाँ कोटामा पुरानाहरुलाई समायोजना गरेर मात्रै भाषा परिक्षाको फारम खोल्न समेत माग गर्दै पीडितहरुले साउन ७ गते मन्त्रि परिषदका अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापन पत्र बुझाँउने, इपिएस पीडितहरु राजधानीमा जम्मा भएर केन्द्रिकृत आन्दोलन गर्ने देखि आमरण अनसनसम्मको कार्यक्रमहरु घोषणा गरेका छन् । कार्यक्रममा इपिएस प्रमुख डिल्लीराज बास्तोलाले कम्तिमा २ हजार भाषा परीक्षा उतिर्णलाई कुनै हालतमा कोरिया पठाउन नसकिने प्रतिक्रिया दिएको भन्दै पिडितहरुले आक्रोस समेत पोखेका थिए ।

No comments:

Post a Comment