
१४ फागुन, काठमाडौं । दलहरुले सहमति शब्दको दुरुपयोग गरेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । संविधानसभामा बुधबार भएको उपाध्यक्षको निर्वाचनमा एमाओवादी उम्मेदवार ओनसरी घर्तीलाई समर्थन गर्दै थापाले सहमतिको आवरणमा आफ्नो स्वार्थलाई लाद्ने काम भइरहेको बताए ।
सभासद थापाले भने- ‘शक्ति सन्तुलनका आधारमा उपाध्यक्ष राप्रपा नेपालको हुन्थ्यो तर, सहमतिको आवरणमा पुरानै प्रवृत्तिलाई निरन्तरता दिन काम भइरहेको छ ।’ राष्ट्रपति, उपराष्ट्रपति सहितका पदको निर्वाचन हुनु पर्ने शक्ति सन्तुलनका आधारमा सहमति गर्नु पर्ने भए पनि सुरुमै कांग्रेस र एमालेले सातबुँदे सहमति गरेर एमाओवादीसहितका दलहरुलाई निषेध गरेको उनले बताए ।
प्रतिपक्षमा रहेका दलहरुलाई समथमा लिएर अघि बढ्नु पर्नेमा एमाओवादीले सत्तारुढ दलहरुसँग साँठगाँठ गरेको भन्दै उनले भने-’एमाओवदीले सभामुख नपाएपछि प्रमुख प्रतिपक्षको नेताको गरिमामय पद र जिम्मेवारीबोध गर्ने छ भने आशा राखेका थियो । उपाध्यक्ष जस्तौ सेरेमोनियल पदमा झुकाउ राख्छ भन्ने सोचेका थिएनौं ।’ विचारको दृष्टिकोणले आफूहरु एमाओवादीबाट धेरै टाढा रहेको भएपनि प्रमुख प्रतिपक्ष भएकाले धेरै कुरामा सहकार्य गर्नुपर्ने अवस्था रहेको बताए ।
एमाओवादी उम्मेदवारलाई समर्थन गर्ने भन्दै कमल थापाले भने-’परिस्थितिले संविधानसभाको भूगोलको आधारमा सबैभन्दा निकटमत छिमेकी माओवादी हुन पुगेको छ । छिमेकीसँग राम्रो सम्वन्ध कायम राख्नु भन्ने छ । अर्कोतिर बैगुनीलाई गुनले मानुपर्छ भन्ने पनि छ ।’
एमाओवादी नेता कृष्णबहादुर महराले रुची नहुँदा नहुँदा यो पद लिनुपरेको भनेको भन्दै उनाले भने-मन नपराएको कुरा खायो भने अपच हुन्छ । जोगिने उपाय गर्नुहोला ।
No comments:
Post a Comment