१६ चैत, नेपालगन्ज । प्रधानमन्त्री सुशील कोईरालाले जेठ महिना भित्रै स्थानीय निकायको निर्वाचन हुने ठोकुवा गरेका छन् । आईतबार बिहान प्रेस युनियन बाँकेले नेपालगन्जस्थित कोईराला निवासमा गरेको पत्रकार सम्मेलनमा कोइरालाले जुनसुकै हालतमा जेठमा स्थानीय निकायको निर्वाचन हुने ठोकुवा गरे ।
उनले भने-’एक वर्ष भित्र संविधान जारी गर्ने र ६ महिनामा स्थानीय निकायको निर्वाचन गर्ने कुरा उच्च स्तरीय राजनीतिक संयन्त्रमा सहमति भै सकेको छ । त्यसैले स्थानीय निर्वाचन गराउन आवश्यक कानून निर्माण गरेर निर्वाचन गराईनेछ ।’
स्थानीय निर्वाचनको विरोध गर्दै आएका माओवादीहरु पनि संविधान निर्माणको लागि बाधा हुने भएकोले उनीहरु पनि सहमतिमा आउने कुरामा आफु विश्वस्त रहेको कोइरालाको भनाई थियो ।
त्यस्तै प्रधानमन्त्री कोइरालाले सरकारको ड्रिम प्रोजेक्टको रुपमा रहेको सिक्टा सिचाई आयोजनाको रोकिएको काम चाँडै नै सुरु हुने बताएका छन् । सिक्टा सिचाईको नहरले काट्ने जमिनको मुअव्जा विवादले लामो समयदेखि सो परियोजनाको काम ठप्प छ ।
सिक्टा सिंचाई नहरको विभागीय
मन्त्रीसहित स्थलगत निरिक्षण समेत गरेका कोइरालाले आगामी २ वर्ष भित्र सो नहर पुरा हुने र बाँकेका किसानहरुका लागि सुवर्ण अवसर हुने बताए ।
तीन दिन अघि गृहनगर नेपालगन्ज पुगेका कोइरालाले सिक्टा सिंचाईको नहर, बबई सिंचाईको नहर, नेपालगन्ज-कोहलपुर सडकखण्डलगायतका परियोजनाको स्थलगत अवलोकन समेत गरेका छन् ।
No comments:
Post a Comment