Tuesday, September 17, 2013

वेनी बजारलाई नदीको कटानबाट जोगाउन रु १ करोड

beni bazar (2)                म्याग्दी २०७० असोज १ । म्याग्दी सदरमुकाम वेनीलाई नदी कटानबाट जोगाउनका लागी १ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
              कालीगण्डकी र म्याग्दी नदीको कटानको जोखीममा रहेको सदरमुकाम वेनीको संरक्षणको लागी सिँचाई मन्त्रालय अन्र्तगत रहेको जलउत्पन्न प्रकोप नियन्त्रण विभागले उक्त बजेट विनियोजन गरेको हो ।
               नदी कटानको उच्च जोखीममा रहेको बेनी बजारको संरक्षणको लागी जल उत्पन्न प्रकोप नियन्त्रण विभागबाट यो बर्ष १ करोड रुपैयाँ बजेट विनियोजन भएको सिलिङ्ग आएको छ, जिल्ला विकास समिति म्याग्दीका
स्थानिय विकास अधिकारी विष्णु प्रसाद शर्माले भने विभागले थप ३५ लाख रुपैयाँ बजेट उपलब्ध गराउने मौखीक आश्वासन समेत दिएको छ ।
               अर्थुङ्गे गाविस स्थित वडा नम्वर १ र २ मा रहेको वेनी बजारलाई ठुला दुई नदीको कटानबाट जोगाउनका लागी प्राप्त भएको उक्त बजेटबाट ग्याविन तथा तारजाली भर्ने, रिटेनिङ्गवाल निर्माण गर्ने जस्ता भौतिक संरक्षण निर्माण गरिने जनाईएको छ ।

                 आवश्यक बजेटको अभावमा बजारलाई नदीकटानबाट जोगाउन उचित भौतिक पुर्वाधार निर्माण गर्न नसकिएको समयमा विभागबाट बजेट उपलब्ध भएकाले केही सहज बनाएको बेनी संरक्षण समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताएका छन् । नदीकटानबाट बेनी बजारलाई जोगाउनका लागी २०५६ सालमा गठन भएको समितिले यसअघि कालीपुल देखी म्याग्दी नदीको पुलसम्म करिब २ किलोमिटर क्षेत्रमा ग्याविन लगाएर टतबन्ध निर्माण, लगायतका काम गरेको थियो ।
                कालीपुलदेखी बहुउदेश्यीय खेलकुद मैदान सम्म नदी किनारमा नदी कटान रोक्नका लागी निर्माण गरिएको तटबन्धलाई अहिले बेनी बजारलाई लिङ्क रोडमा जोड्ने वैकल्पिक मोटरवाटोको रुपमा समेत प्रयोग गर्नका लागी स्तरीकरणमा जोड दिईएको छ । बर्षायाममा दुवै नदीको बहाव बढेर बजारतिर नदी कटान बढ्ने हुँदा बेनीबजारबासी त्रसित हुँदै आएका थिए ।
                  बेनी बजारको संरक्षणको लागी ठुलो बजेट आवस्यक पर्ने भएकाले गत असार महिनामा स्थानिय विकास अधिकारी शर्मा लगायत जिल्ला स्थित राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुको एक टोलीले विभिन्न मन्त्रालयमा पुगेर आवस्यक बजेट बिनियोजन गर्नका लागी दबाब दिएका थिए ।

No comments:

Post a Comment