सुरुवातमा निर्माता
ओझाले दशैमा प्रदर्शनको मिति तय गरेपनि रेखाले ‘काली’लाई पनि यसै दिनमा
प्रदर्शन गर्ने तयारी गरेपछि जुहारी सुरु
भएको हो ।चलचित्र
‘हिरो’ पश्चात छविले रेखा विना निर्माण गरेको पहिलो चलचित्र हो ‘लोफर’ ।
निर्माता छविराज ओझा भन्छन्, ‘रेखा त मेरो लागि बच्चा जस्तै हो, भोली उसको
सिनेमाले व्यापारमा जिते पनि केही हुदैन मलाई ।’ उनी भन्छन्, ‘मेरो सिनेमा
मल्टिप्लेक्स केन्दि्रत छ, रेखाको सिंगल हल केन्दि्रत छ, अब यसलाई जुँधाए
भनेर के गर्व गर्नुहुन्छ र उहाँले ।’ छविले रेखालाई मल्टिप्लेक्समा सिनेमा
लगाएर आफूलाई उछिन्न चुनौती पनि दिएका छन् ।
‘केही व्यक्तिले उचालेको भरमा उहाँ मसँग
जुध्न खोज्दै हुनुहुन्छ, तर मलाई केही फरक पर्नेवाला छैन, भोली काली
पछारिएपछि उहाँको करिअर पनि पछारिने छ’, छविले अनलाइनखबरसँग भने । यता
नायिका रेखा थापाले भने कुनै चाडपर्व कसैको पेवा नभएको भन्दै आफूले चलचित्र
फूलपातीमै लगाउने बताउँदै हिडेकी छिन् ।
नायिकाको रुपमा ओरोलो लाग्दै गएपछि रेखाले
आफ्नै लगानीमा निर्माण गरेको सिनेमा ‘काली’ र चलचित्र चलाउन निक्कै माहिर
मानिएका छविराज ओझाको ‘लोफर’ भिडन्तले सिने नगरीलाई तताउन थालेको छ । आर्यन
सिग्देल, दयाहाङ राइ, नव नायिका रजनी केसीले अभिनय गरेको ‘लोफर’को चर्चा
सिने नगरीमा चुलिएको छ । यसैले पनि छविसँग सिनेमा जुधाएर चलाउनु रेखाका
लागि फलामको चिउरा चपाएजस्तै हुने चलचित्र पण्डितहरुको विश्लेषण छ ।
No comments:
Post a Comment