Friday, July 26, 2013

सबैकुरा श्रीमानलाई नै सुम्पिन्छु’ : नन्दिता केसी

                                          उसो त नायिका नन्दिता केसीका बारेमा विभिन्न खालका चर्चा बजारमा आउने गर्दछन् । कहिले लीभिङ टुगेदरमा रहेको कुरा त कहिले प्रेम सम्बन्धमा रहेको कुरा । तर नायिका केसी भने आफू कहिले पनि प्रेममा नपरेको बताउछिन् । उनी भन्छिन्, ‘म कसैसँग प्रेम सम्बन्धमा पनि छैन र लीभिङ टुगेदरमा रहेको भन्ने हल्ला पनि गलत हो ।’उनले आफू सुरुमा सुमिना श्रेष्ठको कान्छी छोरी जसरी बसेको र अहिले मम्मी, दाई भाउजूसहितको ठूलो परिवारमा बसेको बताइन् । उनले आफ्नो परिवारले बिहेको बारेमा चिन्ता जनाए पनि अझै २ बर्ष यस बिषयमा नसोच्ने दाबी गरिन् ।
                            नन्दिताले आफू अहिलेसम्म कुमारी नै रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘मलाई सेक्सको चाहना सानै देखि अस्वभाविक लाग्थ्यो । यसैले एकैपटक विवाह गर्ने र श्रीमान्मै समर्पित रहने
मेरो योजना छ ।’ उनले चलचित्रको पर्दामा विवाहको अभिनय गर्दा पनि आफूमा रुचि नलाग्ने बताएकी छिन् ।
           सुन्दर नायिका केसीले आफूलाई आमा बनेर सन्तान खेलाउने इच्छा रहेको खुलाँसा गरेकी छिन् ।  कुराकानीमा नायिका केसीले यस्तो रहस्य खोलेकी हुन् ।

No comments:

Post a Comment