ज्वाइँ राजबहादुर सिंहले बेलाबेखतमा गरिरहने लफडाले
पूर्वराज परिवार हैरान बनेका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना एकमात्र ज्वाईं राजबहादुर सिंहबाट सन्तोष पाएका छैनन्। आफ्नो भावनालाई ज्वाईंले लत्याउने गरेकाले पटक–पटक मन दुखेको उनले अति निकटस्थहरूलाई सुनाउने
गरेका छन्।पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना एकमात्र ज्वाईं राजबहादुर सिंहबाट सन्तोष पाएका छैनन्। आफ्नो भावनालाई ज्वाईंले लत्याउने गरेकाले पटक–पटक मन दुखेको उनले अति निकटस्थहरूलाई सुनाउने
आफ्नो र परिवारको इच्छाविपरीत राजनीतिक दलमा आबद्ध भएको, छोरीसित झगडा गरेर टाढिन खोजेको, अराजक गतिविधि गरेर परिवारकै बेइज्जति गरेकोलगायतका गुनासा छन्– ज्वाईं राजबहादुरसित पूर्वराजा ज्ञानेन्द्रका। यद्यपि, यी सबै गुनासाबारे उनले राजबहादुरसित कुरा गरेका छैनन्। छोरी प्रेरणालाई बेलाबेलामा दिने गरेको तनावका विषयमा मात्रै उनले अहिलेसम्म राजबहादुरसित मुख खोलेर कुरा गरेको दरबारनिकट स्रोत बताउँछ।
स्रोतका अनुसार राजबहादुरलेे आफ्नो व्यवहारबाट सुरुदेखि नै पत्नी प्रेरणा, पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारको चित्त दुखाउँदै आएका छन्। राजबहादुर सुधि्रने आसमा निर्मलनिवासले चित्त बुझाउँदै आएको स्रोतले बताएको छ। ‘धेरैपटक त राजबहादुरको व्यवहारले निर्मलनिवासको शान्ति नै बिथोलेको छ,’ स्रोत भन्छ।
छोरी प्रेरणालाई दिइएको तनावले मात्रै होइन, राजबहादुरले बेलाबेलामा गर्ने अराजक र कानुनविपरीत कामले दरबारको समेत बेइज्जत गरेको पूर्वराजपरिवारको बुझाइ छ। रोयल क्यासिनोका प्रबन्ध निर्देशकसमेत रहेका राजबहादुरले नेपालीलाई जुवा खेलाएको अभियोगमा प्रहरीले खोजी गरेको थियो। पछि उनी धरौटीमा रिहा भए।
ज्ञानेन्द्र शाहकी एकमात्र छोरी प्रेरणाका साथीहरूका अनुसार उनको अस्वाभाविक मोटोपनको समस्याले पनि राजबहादुर अन्यत्रै मन डुलाउन थालेका थिए। ०६८ मंसिरमा अप्रेसन गरेर प्रेरणाको शरीरबाट झन्डै १२ किलो बोसो निकालिएको थियो। राजबहादुर र प्रेरणाको सम्बन्धमा यति विग्रह आयो कि गत वर्षको मंसिरमा सिंगापुरमा प्रेरणाको अप्रेसन हुँदा राजबहादुर भेट्नसमेत गएनन्। जब कि त्यतिबेला राजबहादुर सिंगापुरमै थिए।
राजबहादुर बाहिर अरु केटीसित सल्केको शंका ज्ञानेन्द्रपुत्री प्रेरणाको थियो। अझ रश्मिला नामकी पूर्वएयर होस्टेससित त प्रगाढ सम्बन्ध नै बनिसकेको सूचना उनीकहाँ पुगेको थियो। त्यही भएर ०६८ भदौको अन्तिमतिर प्रेरणा आफैँ रश्मिलाको घर गएर पति राजबहादुरसितको सम्बन्धबारे सोधपुछ गरिन्।
राजबहादुर र प्रेरणाको सम्बन्ध एकपटक त झन्डैझन्डै सम्बन्धविच्छेदको अवस्थामा पुगेको थियो। श्रीमान्–श्रीमतीबीच यति दूरी बढ्यो कि प्रेरणा घर छाडेर करिब ६ महिना माइत निर्मलनिवासमै बसिन्।
४३ वर्षीय राजबहादुर विभिन्न युवतीसित नाम जोडिएर पनि बेलाबेलामा विवादमा आउने गर्छन्। उनको यो बानीले जेठान तथा पूर्वयुवराज पारसलाई चिन्तित मात्रै होइन, आक्रोशितसमेत बनाउने गरेको छ। दुई/तीनपटक त उनी राजबहादुरलाई ‘ठाउँको ठाउँ ठीक पार्ने’ भन्दै खोज्नसमेत हिँडेका थिए। तर, पारस त्यहाँ पुग्नुअगावै राजबहादुर त्यहाँबाट जोगिएर भागेका थिए। ‘पारसले बहिनी प्रेरणालाई निकै माया गर्छन्, राजबहादुर अरु कुनै महिलासित नजिकिएको सहन सक्दैनन्।
पारसपत्नी हिमानीले पनि नन्द प्रेरणालाई निकै माया गर्छिन्। उनले आफ्नो ट्रष्टमा प्रेरणालाई समेत राखेकी छन्। पारस काठमाडौंमा हुँदा हिमानीले पटक–पटक ज्वाइँ राजबहादुरलाई सम्झाएकी पनि थिइन्। एकपटक त उनले धम्कीपूर्ण भाषामा ‘प्रेरणालाई केही भए आफू चुप लागेर नबस्ने’ चेतावनी नै राजबहादुरलाई दिएको स्रोतले जनाएको छ। त्यसयता राजबहादुर पारसको नजिकै पर्न छाडेका छन्।
पूर्वराजा ज्ञानेन्द्रले भने मनमा असन्तोष बोके पनि राजबहादुरसित यस्ता घटनाबारे प्रायः कुरा गरेका छैनन्। त्यही भएर राजबहादुरको उनीसितको सम्बन्ध भने सामान्य नै छ। ज्ञानेन्द्रले उनलाई राजनीतिमा त्यति नपत्याउने गरेको स्रोतको भनाइ छ। ससुरा ज्ञानेन्द्र र जेठान पारसलाई थाहै नदिई राजबहादुर एकपटक हरिचरण शाहले नेतृत्व गरेको जनता दलमा प्रवेश गरेका थिए। उनी जनता दलमा गएको ज्ञानेन्द्र र पारसलाई मन परेको थिएन। पारसले त्यसको विरोधसमेत गरेको स्रोतले जनाएको छ। ससुरा र जेठानले विरोध गरेको थाहा पाएपछि राजबहादुर जनता दलमा सक्रिय हुन सकेनन्। त्यसपछि उनी जनता दलको बैठकमा समेत गएनन्, बरु व्यवसायमै सक्रिय हुन थाले।
पुर्ख्यौली घर बाजुरा भएका राजबहादुर राजकुमारी प्रेरणासँग बिहे गर्नुअघि ठमेलमा बस्थे। काठमाडौंमै व्यापार/व्यवसाय गरिरहेका थिए। त्यतिबेला उनले ठमेलको एउटा होटलमा पनि लगानी गरेका थिए।
हाल काठमाडौंमै रहेका राजबहादुर स्वदेशमा प्रायः कमै बस्ने गर्छन्। बढी विदेशतिर घुमफिर गर्छन्। स्वदेशमा रहेका बेला उनी छाउनीस्थित ससुरालीले दाइजोमा दिएको घरमा बस्ने गर्छन्। उक्त घर पूर्वराजा वीरेन्द्रका बंशको हो। अहिले त्यो घर नेपाल ट्रष्टको स्वामित्वमा छ। ट्रष्टले घर खाली गरिदिन पत्राचारसमेत गरेको छ।
नारायणहिटी राजदरबारमै राजबहादुर र प्रेरणाको भव्य बिहे भएको थियो। आफ्नी एकमात्र छोरी भएकाले पनि तत्कालीन राजा ज्ञानेन्द्रले प्रेरणाको विवाह धुमधामले गरेका थिए। उनले छाउनीमा रहेको एउटा घर छोरीलाई दाइजो दिए। सुन, चाँदी र गरगहनाको त कुरै भएन।
बिहे भएको दुई वर्षमा प्रेरणाले छोरा पार्थवलाई जन्म दिएकी थिइन्। उनी अहिले लिंकन स्कुलमा पढ्छन्। पहिले उनी रुपिज इन्टरनेसनल स्कुलमा पढ्थे। पार्थव अहिले सात वर्षका भए।
जनआन्दोलनको बलले ०६४ मा ज्ञानेन्द्रको शासनस त्ता गुम्यो। मुलुकमा गणतन्त्र स्थापना भयो। परिवर्तित अवस्थासँगै राजबहादुर दम्पतीबीच पनि खटपट हुन थाल्यो। दरबारका सोझी राजकुमारीका रुपमा चिनिने प्रेरणाको माइतीको वैभव गुमेपछि उनलाई राजबहादुरले झन् बढी तनाव दिन थालेको प्रेरणानिकट साथीहरू बताउँछन्। त्यससँगै आफ्नो शरीर अस्वाभाविक मोटो भएकाले पनि प्रेरणा सधैं तनावमा रहने गरेको उनका साथीहरूको भनाइ छ। प्रेरणाले शरीरको बोसो घटाउन दुईपटक अप्रेसनसमेत गरिसकेकी छन्। ०६८ मंसिरमा अप्रेसन गरेर प्रेरणाको शरीरबाट झन्डै १२ किलो बोसो निकालिएको थियो।
गणतन्त्रवादी राजबहादुर!
राजबहादुर ससुराली पूर्वराजपरिवारको चाहना र इच्छाविपरीत गणतन्त्रवादीसमेत बनेका छन्। जनता दलमा प्रवेश गर्दा उनले गणतन्त्रप्रति प्रतिवद्धता जनाउँदै शपथ लिएका थिए। गणतन्त्रात्मक मुलुकबाटै देश र जनताको प्रगति जनता दलको निष्कर्ष छ।
स्रोतहरुका अनुसार कुनै बेला राजबहादुर एकीकृत माओवादीका दोस्रो तहका केही नेतासँग पनि नजिकिएका थिए। त्यतिखेर ज्वाइँ माओवादीमा जान थाले कि भन्ने शंका निर्मलनिवासले गरेको थियो। संवैधानिक राजतन्त्रका लागि आन्दोलन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेताहरूसँग उनको कुनै किसिमको सम्बन्ध नरहेको स्रोतहरूको भनाइ छ।
व्यवसायमा प्रगति गरिरहेका राजबहादुर राजनीतिप्रति पनि चासो राख्ने गर्छन्। त्यसैले राजनीतिमा सक्रिय हुन उनी जनता दलमा प्रवेश गरेका थिए। जतिबेला उनी जनता दलमा प्रवेश गरे त्यतिखेर उनको पार्टीले एकीकृत माओवादीलाई सक्रिय सहयोग गरिरहेको थियो। सरकार ढाल्ने र बनाउने खेलमा जनता दलले एमाओवादीलाई साथ दिइरहेको थियो।
राजबहादुर हालै उनी प्रहरीको वान्टेड सूचीमा परे। क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा उनलाई काठमाडौं प्रहरीले पक्राउपुर्जी जारी गर्यो। तर, प्रहरीलाई मुद्दा बुझाउन लगाई अदालतमा उपस्थित भएकाले उनी हिरासतमा भने बस्नु परेन। गत वैशाखमा महानगरीय प्रहरी परिसर काठमाडौंले क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा जुवा ऐनअर्न्तगत मुद्दा चलाएको थियो। जुन मुद्दामा गत जेठ ३० गते उनी दुई हजार पाँच सय धरौटी बुझाएर रिहा भए। जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा अझै छ।
No comments:
Post a Comment