Wednesday, August 7, 2013

तरुण दलको बन्दले चितवनको जनजीवन प्रभावित

                चितवन, साउन २४- नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले आहृवान गरेको चितवन बन्दका कारण यहाँको जनजिवन प्रभावित भएको छ । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै तरुण दलले आहृवान गरेको बन्दका कारण विहीवार
विहानैबाट प्रभावित भएको हो ।
              बन्दका कारण यातायात, शिक्षणसंस्था र कलकारखाना ठप्प रहेका छन् ।बन्द गराउन नारायणगढको पुल्चोक पुगेका नेपाली काँग्रेसका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाल तरुणदल चितवनका अध्यक्ष रामकुमार श्रेष्ठ, सचिव रविन्द्र गौतम, कोषाध्यक्ष विनु पौडेल, पूर्वअध्यक्ष राजेश्वर खनाल, नेपाली काँग्रेस शारदनागर गाउँ कमिटीका सचिव सोम भण्डारी र विद्यार्थी नेता परमेश्वर खनाल लगायत रहेका छन् ।
                           पक्राउ परेका सवैलाई वडा प्रहरी कार्यालय नारायणगढमा राखिएको छ । गुण्डागर्दी र कुटपिटको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता प्रमिस राई र यमबहादुर कार्कीलाई तत्काल रिहा गर्नु पर्ने तरुण दलको माग छ । भारतीय नम्बरको गाडिका नेपाली चालकलाई भरतपुरमा कुटपिट गरेको अभियोगमा उनीहरुलाई २ दिनअघि पक्राउ गरि प्रहरीले मुद्दा चलाएको छ ।

No comments:

Post a Comment