यो
चलचित्रले विश्वभर नयाँ किर्तिमानी रेकर्ड राख्दै बलिउडका अन्य कलाकारलाई
धेरै नै पछि पारेको छ ।आफ्नो
प्रीभ्यू शो मा नै ६.७५ करोडको व्यापार गर्दै रेकर्डको सुरुवात गरेको
साहरुखको चेन्नाईको गती रोकिएको छैन । चलचित्रले शुक्रबार सलमान खानले
बनाएको ३२ करोडको ओपनिङ कलेक्शनलाई समेत पछि पार्दै ३३.१२ करोड कमाएको थियो
। यस्तै चलचित्रले शनिबार ‘रा वन’ले बनाएको २५ करोडको कलेक्शनलाई समेत पछि
पार्दै २८.२५ करोडको व्यापार गरेको हो । आइतबार चलचित्रले ३२.५० करोडको
व्यापार गर्दै सबैभन्दा चाडो एक सय करोडको व्यापार गर्ने सिनेमाको सूचिमा
आफूलाई अगाडी उभ्याएको हो ।
यसअघि चलचित्र ‘दबंग २’ ले वीकेन्ड कलेक्शनमा सबैलाई पछि पारेको थियो ।
यस्तै सलमान खानले अभिनय गरेको ‘एक था टाइगर’ले ५ दिनमा १ सय करोडको क्लब
छोएर रेकर्ड बनाएको थियो । तर बलिउडका वादशाह साहरुखको नयाँ चलचित्र
‘चेन्नाई एक्सप्रेस’ले यो रेकर्डलाई पनि धेरै पछि पारेको छ ।
यो चलचित्रले सोमबार १२.६२ करोडको व्यापार गरेको छ । सोमबारसम्म
चलचित्रको कलेक्शन ११३.०४ करोड पुगेको छ । भारतिय बक्स अफिसमा धमका
मच्चाइरहेको यो चलचित्रले ओभरसिजमा पनि कमाल मच्चाउदै नयाँ रेकर्ड
बनाइरहेको छ ।
चलचित्रले पहिलो तिन दिनमै ओभरसिजमा ५०.४७ करोडको व्यापार गरेको छ ।
चलचित्रले ओभरसिजमा पनि १ सय करोडको क्लबलाई छुने अनुमान गरिएको छ ।
यतिबेला विश्व बजारमा साहरुख र नायिका दीपिका पादुकोणको जादु चलिरहेको छ ।
रोहित सेट्टीको निर्देशनमा बनेको यो चलचित्रको व्यापारले अगष्ट १५ देखि
प्रदर्शनमा आउन लागेको चलचित्र ‘वन्स अपन अ टाइम इन मुम्बई दोबारा’लाई समेत
असर पार्ने देखिएको छ । अगष्ट १५ भारतमा राष्ट्रिय विदा पर्ने भएकाले पनि
‘चेन्नाई एक्सप्रेस’को दोश्रो साताको कलेक्शन उत्कृष्ट हुने अड्कल लगाइएको छ
।
No comments:
Post a Comment