Tuesday, August 13, 2013

मल्ममा नेकपा माओवादीको चुनाव वहिष्कार कार्यक्रम सम्पन्न

             बालकृष्ण सुवेदी गल्कोट २०७० साउन २९ । जिल्लाको मल्म गाउँ विकास समितिमा मंगलवार ने। क। पा माओवादीको चुनाव वहिष्कार कार्यक्रम सम्पन्न भएको छ।
              कार्यक्रममा बोल्दै ने। क। पा माओवादी बागलुङ जिल्ला ईन्चार्ज चन्द्र बहादुर बूढा सागरले राष्ट्रघाती र जनघाती दलालको पछि नलागी स्वाधिनता र जनजिवीको पक्षमा उभिन सम्पूर्ण कार्यकर्तालाई आग्रह गर्दै चार दलीय सिन्डिकेट र यथास्थितीमा चुनाव कुनै पनि हालतमा हुन नसक्ने बताए ।
                  सो अवसरमा गाउँ कमिटी ईन्चार्ज राम बहादुर थापाको संयोजकत्वमा एघ सदसीय संयुक्त जनसमिति, हुम थापाको संयोजकत्वमा
पचासदसीय राष्ट्रिय जन स्वयं सेवक र विकास खड्का सुन्दरको संयोजकत्वमा १ सय पैंतालिस सदस्यीय मंसिर चार गतेको निर्वाचन बहिष्कार टोली समेत गठन गरिएको छ। उक्त कार्यक्रममा जिल्ला ईन्चार्ज सागरले प्रशिक्षण दिएका थिए ।

No comments:

Post a Comment