स्टाटेलाइटमा सुमार्गीको २५ प्रतिशत मात्र शेयर छ भने बाँकी सम्पूर्ण शेयर एनसेलको मुख्य लगानीकर्ता टेलियासोनेराको एशिया होल्डिङको नाममा छ। एनसेलले क्रस होल्डिङ गरी एउटै स्थान कृष्ण टावरबाट दुईवटा कम्पनी चलाईरहेको बारेमा नेपाल दुरसञ्चार प्राधिकरणले पत्र काटेर छानविन गरे पनि एमाओवादी अध्यक्ष दाहालको दबाबमा अनुसन्धान नै रोकिएको प्राधिकरणका एक निर्देशकले बताए। सुमार्गीले स्याटेलाईटको शेयर बेच्दा पेश गरेको डकुमेन्ट(फाइल) समेत प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयबाट एकाएक गायव बनाइएको छ। सुमार्गी विरुद्ध अवैध र अकुत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति सुद्दिकरण अनुसन्धान विभागमा उजुरी परेपछि शेयर सम्बन्धि सम्पूर्ण विवरणहरू हटाउन सुमार्गी सफल भएको ती निर्देशकले बताए। प्राधिकरणका केही कर्मचारीलाई भने सुमार्गीले एवीसी टेलिभिजन र नयाँ पत्रिकामा समाचार छपाइदिने धम्की दिएर गोप्य कागजात नै मेटाउन सफल भएको स्रोतको दावी छ। नेपाल टेलिकमलाई तहस नहस हुने गरी गैर आवासीय नेपाली उपेन्द्र महतो, सुमार्गी र दाहालको डिजाइनमा फ्रिक्वेन्सी होल्ड गरेर स्याटेलाईटले हेलो नेपाल ब्राण्डमा मोवाइलको लाइसेन्स लिएको थियो। आगामी २०७१ मा नविकरण शुल्कवापत प्राधिकरणलाई बुझाउनुपर्ने २० अर्व रकम नतिर्नका लागि विदेशी टेलिकम माफिया, अध्यक्ष दाहाल र सुमार्गीको डिजाइनमा स्याटेलाईटको ७५ प्रतिशत शेयर टेलियासोनेरालाई बिक्री गरिएको हो। सुमार्गीले कौडीको भाउमा स्याटेलाईटका नाममा लाइसेन्स लिएर तीन अर्वमा ७५ प्रतिशत शेयर टेलियासोनेरालाई बिक्री गरेका हुन्। राष्ट्रघाती यो खेल सफल भएका कारण एनसेलले जनतालाई झुक्याउने अफर ल्याएर सर्वसाधरण नागरिकलाई जति लुटे पनि कुनै पनि निकायले कारबाही गर्न सकेका छैनन्।
Saturday, August 31, 2013
सुमार्गीमार्फत लुटेको रकम स्वीस बैंकमा

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment