Thursday, August 29, 2013

बहुदलीय व्यवस्थाले मरिचमानसँग बदला लियो : बैद्य


पूर्वपञ्चदेखि माओवादीसम्म एउटै मञ्चमा

                               १३ भदौ, काठमाडौं । नेकपा-माओवादीका नेता मोहन बैद्य किरणले बहुदलीय व्यवस्थाले पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठसँग गलत ढंगले बदला लिएको बताउनु भएको छ ।
                    सिंहको सम्झनामा बिहीबार बसन्तपुरमा भएको श्रद्धान्जली सभामा गरेको कार्यक्रममा माओवादी अध्यक्ष बैद्यले अहिलको बहुदलीय व्यवस्था राष्ट्रघाती भएको आरोप लगाउनु भयो । ‘बहुदलीय व्यवस्थाले गलत ढंगले मरिचमानजीसँग बदला लिने काम गरेको छ’ राष्ट्रियता र जनबादलाई एकसाथ लैजानु पर्ने भन्दै उहाँले भन्नुभयो-’अब सच्चा राष्ट्रवादी, देशभक्त र वामपन्थीहरु
एक हुने बेला आएको छ ।’
                       मञ्चमा रहेका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, लोकन्द्रबहादुर चन्दसहितका पञ्चालयकालका नेताहरुतिर हेर्दै माओवादी अध्यक्ष बैद्यले भन्नुभयो-’मरिचमानलाई मात्र किन यसरी खेदियो ?’ अहिलेको बहुदलीय व्यवस्थाले मरिचमानमाथि अन्याय, अत्याचार र बलमिच्याई गरेको भन्दै बैद्यले यस्तो बहुदलीय व्यवस्था स्वीकार नहुने बताउनु भयो । विरामी हुँदा उपचार खर्चदेखि दिवंगत भएपछि पनि राजकीय सम्मान नदिए सरकारले तलत गरेको भन्दै उहाँले यसलाई नेपाली जनताले कहिल्यै नबिर्सने बताउनु भयो ।
                    कार्यक्रममा एमाले नेता केपी शर्मा ओलीले मरिचमानमा नक्कली देशभक्त कहिल्यै नआएको बताउनु भयो । सिंह सच्चा देशभक्त भएको भन्दै उहाँले विरामी हुँदा उपचार खर्च नदिनु र दिवंगत भएपनि सम्मान नदिने सरकारको कमजोरी भएको बताउनु भयो ।
                         राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा अध्यक्ष सूर्यबहादुर थापा, कांग्रेस नेता मिनेन्द्र रिजाल, एमाओवादीका नेता अमिक शेरचन, संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठ लगायतका नेताहरुले मरिचमान सिंह सच्चा देशभक्त भएको बताउनु भएको थियो ।

No comments:

Post a Comment