Thursday, July 18, 2013

प्रचण्डले बैद्यलाई भेट्दै

           ३ साउन, काठमाडौं । उच्चस्तरीय राजनीतिक समितिका संयोजक एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य किरणबीच भेटवार्ता हुँदैछ ।
            वार्ताका लागि राजनीतिक समितिले पठाएको पत्र सर्तसहित हो कि निसर्त भन्ने अन्यौलमा बैद्यले प्रचण्डसँग छलफल गर्न लागेका हुन् । भेट साँझ ७ बजेपछि हुनेछ । निशर्त भए मात्र वार्तामा बस्ने माओवादी प्रवक्ता पम्फा भुसालले
जानकारी दिनुभयो ।
            राजनीतिक समितिको बिहीबार साँझ बानेश्वरमा बसेको बैठकले पनि माओवादी र मधेसी जनअधिकार फोरम नेपालसँग छलफल गर्ने निर्णय गरेको छ ।

No comments:

Post a Comment