Tuesday, August 13, 2013

१२ लाख डलरका गाडीमा कार्दाशिनका आमाछोरी

                         भाग्यमानीको भुतै कमारो भन्ने त उखानै छ । बिहेबारी नभैकन छोरी जन्माएकी कुमारी आमा अमेरिकी टेलिभिजन स्टार किम कार्दाशिनका लागि उनका छोरीका बाउले ठूलै सरप्राइज दिएका छन् । 
                     अमेरिकी सपना अनुसारको जिवन जिएको भन्दै हालै राष्ट्रपति बाराक ओबामाबाट बधाई समेत पाएका किम र उनका पार्टनर क्यानए वेष्टले फेरि धेरैको ध्यान तानेका छन् । पार्टनर किम र छोरी नर्थको सुरक्षाका लागि भन्दै वेष्टले १२ लाख अमेरिकी डलर पर्ने दुईवटा अत्याधुनिक र सुविधासम्पन्न गाडी खरिद गरेर सबैलाई छक्क पारिदिएका छन् ।
               लाटि्भयन कम्पनी डार्टस् मोटर्सको उत्पादन रहेको प्रोमब्रोन आइरन डायमण्ड मोडेलका दुइवटा बुलेट प्रुफ सुविधासम्पन्न गाडी उनले खरीद गरेका हुन् । यो गाडी यति बलियो तथा अत्याधुनिक छ कि बाहिर बम विस्फोट हुँदा समेत यसभित्र बसेका मानिसलाई घुनपुत्लो लाग्दैन । अझ अर्को रोचक कुरा त के भने यो मोडलको गाडिले जनावर अधिकारकर्मीहरुको विरोधको सामना समेत गर्नुपरेको छ, कारण यसको भित्री भागमा ह्वेल माछाको लिंगको छाला प्रयोग गरिएको छ ।
                        उनले २४ लाख डलरमा दुइ गाडी खरिदका लागि कम्पनीमा अर्डर दिइसकेका भएपनि अझै ती गाडी उनले प्राप्त गरिसकेका छैनन् । आगामी अक्टोबरमा सुरु हुने अमेरिकाभरको आफ्नो सांगितिक भ्रमण सम्ममा यी गाडी हात पर्ने विश्वासमा उनी छन् ।
                  किम कार्दाशिन र आफु समेत निकै हाइ प्रोफाइलको भएकाले सुरक्षा थ्रेट हुनसक्ने साथीहरुको सल्लाह मुताविक उनले यस्तो सुविधासम्पन्न र सुरक्षित गाडी खरीद गरेका हुन् ।

No comments:

Post a Comment