सलमान खानले संचालन गर्ने चर्चित रियालिटी टेलिभिजन शो को सातौँ
संस्करणमा नेपाली बलिउड नायिका मनिषा कोइरालाले भाग लिने समाचार सार्वजनिक
भएको छ । विभिन्न भारतीय संचार माध्यमहरुले जनाए अनुसार बिग बोस सेभेनमा
सहभागी हुने प्रतिस्पर्धीमा मनिषा त छन् नै अरु केही चर्चित पात्रहरु पनि
छन् ।
भारतीय संचार माध्यमहरुले जनाए अनुसार बिग बोस ७ मा मनिषा कोइराला
मात्र हुनेछैनिन् बाबा रामदेव तथा पुनम पाण्डे समेत हुनेछन् । बिग
बोसको सातौँ संस्करणमा क्रिकेटर युवराज सिंह, हरभजन सिंह समेतले
प्रतिस्पर्धा गर्ने बताइएको छ । साथै सुरज पञ्चोली, धर्मेन्द्र, पुजा मलिक,
अमिषा पटेल लगायत पनि बिग बोसको घरमा छिर्ने समाचार सार्वजनिक भएको छ ।
तथापि हरभजन सिंहले भने टि्वटर मार्फत आफु बिग बोसमा सहभागी हुन लागेको
समाचार सत्य नभएको बताएका छन् । बिगबोसमा उल्लेखित नामहरु सहभागी हुने
पक्का भएको विभिन्न भारतीय संचार माध्यमहरुले जनाएका भएपनि बिग बोसको
आधिकारिक वेबसाइटमा भने यसबारेमा केहीपनि उल्लेख गरिएको छैन । तरपनि बिग
बोसको प्रोमो भने सार्वजनिक भैसकेको छ ।
No comments:
Post a Comment