बलिउडका चर्चित प्रेमजोडी दीपिका
पादुकोण र रणविर सिंहबीच झगडा भएको छ । हालै एक साथीको पार्टीमा सँगै
पुगेका रणविर र दीपिकाबीच साथीको घरमै झगडा भएको हो ।
यी दुइ बीच झगडा
पर्नुको कारण रणविर नै रहेछन् । रणविरले दीपिकाको सम्बन्धका बारेमा विना
अनुमति मिडियामा विभिन्न कुरा गरेको प्रति दीपिका रिसाएकी रहेछिन् ।सोही कारण दीपिकाले रणविरलाई हकारेपछि यी
दुइबीच झगडा भएको बताइएको छ । रणविरसँगको आफ्नो प्रेम सम्बन्धका बारेमा
दीपिकाले मिडियामा गोप्यता साँधिरहेकी भएपनि रणविरले भने खुलमखुल्ला भन्दै
हिँडेपछि दीपिकालाई रिस उठ्नु स्वभाविकै हो । दीपिकाले रणविरलाई जथाभावी
नबोल्न चेतावनी दिएको बताइएको छ ।
बोल्दाबोल्दै रणविर सिमा बाहिर जानसक्ने र
आफुहरुको सम्बन्ध बारेका गोप्य कुरा समेत खोल्नसक्ने आशंकामा दीपिकाले
रणविरलाई अब सम्बन्धका बारेमा मुख नखोल्न अह्राएको बताइएको छ । दीपिका
चटि्एपछि रणविर अवाक् भए । हेरौँ यो झगडापछि यी दुइबीचको सम्बन्ध कसरी अघि
बढ्छ ?
No comments:
Post a Comment