Wednesday, August 7, 2013

देउवाले खोजे आरजुको हिस्सा

koirala-deuba-paudel-nepali-congress
                         काठमाडौं। सुशील कोइराला दुई जना महामन्त्रीलाई लिएर भारत भ्रमणमा गएका बेला कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले भने आफू निकटस्थहरूलाई निवासमै बोलाएर संविधानसभा निर्वाचनमा आफ्नो पक्षको उपस्थिति बलियो बनाउने गरी लाग्न निर्देशन दिएका छन्। 
                               बुढानीलकण्ठस्थित देउवा निवासमा जम्मा भएका किचन क्याबिनेटका नेता कार्यकर्ताहरूसँग उत्साहित मुद्रामा उपस्थित भएका देउवाले आगामी निर्वाचनमा कांग्रेसको उपस्थिति बलियो हुने निश्चित देखिएकोले त्यसमा पनि आफ्नो गुटको उपस्थिति बलियो बनाउन टिकट वितरणदेखि नै एकजुट भएर लाग्नुपर्ने बताएका छन्। त्यसका लागि कोइरालासँग पहिलो लडाई संसदीय बोर्ड गठनमै हुन लागेको देउवाले बताएका छन्।
              कांग्रेसमा संसदीय निर्वाचन तथा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनौट गर्ने महत्वपूर्ण बिभाग संसदीय बोर्ड हो। सभापति कोइरालाले प्रायः सबै बिभाग गठन गरे पनि संसदीय बोर्ड भने गठन गरेका छैनन्। बिधानतः संसदीय बोर्डमा सभापति सहितका पदाधिकारी स्वतः पदेन सदस्य हुन्छन् भने बाँकी ८ जनासम्म नेताहरूलाई सभापतिको प्रस्तावमा केन्द्रीय समितिले चयन गर्ने व्यवस्था छ। यद्यपि सभापति कोइराला निकट नेताहरूले भने संसदीय समितिका सदस्य मनोनयन गर्ने अधिकार सभापतिलाई रहेको बताइरहेका छन्। हालैमात्र कांग्रेस केन्द्रीय सदस्य सशांक कोइरालाले पनि सभापति कोइरालालाई भेटेरै संसदीय बोर्ड चाँडो गठन गर्न आग्रह गरेका थिए।
                 संसदीय बोर्डमा देउवा पक्षले आधा हिस्साको अडान नछाड्ने भएको छ। देउवा निकट केन्द्रीय सदस्य शंकर भण्डारीका अनुसार १५ सदस्यीय बोर्ड बनेको अवस्थामा कम्तीमा ७ जना देउवा पक्षले दावी गर्नेछ। हाल पदाधिकारीमध्ये कोषाध्यक्ष चित्रलेखा यादव मात्र देउवा पक्षकी छन्। बरिष्ठ नेता देउवा पदेन सदस्य छन्। देउवा पक्षले संसदीय बोर्डमा गोपालमान श्रेष्ठ, बिमलेन्द्र निधी, पूर्णबहादुर खड्का, बालकृष्ण खाँड, प्रकाशशरण महत, आरजु देउवा लगायतको नाममा छलफल चलाएको छ। उता जेलभित्रबाटै खुमवहादुर खड्काले आफूलाई संसदीय बोर्डमा राख्न दबाब दिएको स्रोतले जनाएको छ। आफू निर्वाचन लड्न नपाउने भएकाले देशभरीका कार्यकर्तालाई आफूले जति अरुले नचिनेकाले पनि टिकट बाँड्ने समितिमा आफ्नो उपस्थिति हुनुपर्ने दावी खुमबहादुरको रहेको छ। संविधानसभा निर्वाचनमा आफू निकटलाई टिकट दिलाएर भविष्यमा प्रधानमन्त्री बाटो सुनिश्चित गर्नका लागि पनि नेताहरूबीच संसदीय बोर्ड गठनको विवाद बढ्ने निश्चित छ।
                   कोइरालाको किचन क्याबिनेटमा भने संसदीय बोर्ड गठनबारे खासै छलफल भइसकेको छैन। अप्ठेरो परेको खण्डमा पदाधिकारीले नै संसदीय बोर्डको काम गर्ने एक नेताले बताए। कोइरालाको किचन क्याबिनेटमा बनेको अनौपचारिक सहमति अनुसार बोर्डमा सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र कोषाध्यक्ष चित्रलेखा यादव पदेन सदस्य रहनेछन्। देउवा पक्षबाट गोपालमान श्रेष्ठ र बिमलेन्द्र निधीलाई बाहेक अरुलाई बोर्डमा ल्याउन नसकिने अडान देउवा पक्षको छ। बरिष्ठताका आधारमा बोर्डमा ल्याउनुपर्ने केबी गुरुङ, अर्जुननरसिंह केसी, रामशरण महत जस्ता नेताहरू छन्। त्यस्तै सुजाता कोइराला, शेखर कोइराला, सशांक कोइरालालाई बोर्डमा ल्याउन सभापतिमाथि तिब्र दबाब रहेको छ। कोइरालाको हुक्केका रुपमा कार्यरत आनन्दप्रसाद ढुंगाना, दिलेन्द्रप्रसाद बडुहरू पनि संसदीय बोर्डमा आउन चाहेकाले कोइरालामाथि नै संकट आइपरेको एक नेता

No comments:

Post a Comment