समाचार स्रोतका अनुसार एमाओवादीका वरिष्ठ नेताहरूको असहमति हुँदाहुँदै पनि अध्यक्ष दाहालले रेखालाई प्रत्यक्षतर्फबाट मोरङको ८ नम्बर क्षेत्रबाट रेखालाई उठाउने तयारी गरिएको छ। केही समयअघि मात्र रेखा एमाओवादीमा औपचारिक रूपमा प्रवेश गरेकी थिइन्। नायिका रेखाको घर पनि मोरङकै
रेखाको ग्ल्यामरस र लोकप्रियता भजाउनकै लागि उनलाई टिकट दिन लागिएको एमाओवादी स्रोतले जनाएको छ। ‘रेखाको जुन छवि र लोकप्रियता छ, त्यसले गर्दा उनले सजिलै चुनाव जित्ने आधार देखिएकाले उनलाई टिकट दिने करिब पक्कापक्की भएको छ,’ एक नेताले भने।
रेखालाई एमाओवादी अध्यक्ष दाहालले हालै सम्पन्न विस्तारित केन्द्रीय समिति बैठकअघि नै केन्द्रीय सदस्य बनाउन पार्टीका उच्च नेताहरूसँग छलफल गरेका थिए। तर बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायतले आपत्ति जनाएपछि दाहाल रेखालाई केन्द्रीय सदस्य बनाउनबाट पछि हटेका थिए। आफूलाई केन्द्रीय सदस्य दिने सर्तमै रेखा एमाओवादी प्रवेश गरेकी थिइन्।
बाबुराम प्रधानमन्त्री भएका बेला चलचित्र विकास बोर्ड अध्यक्ष बन्न निकै लबिङ गरेकी रेखा असफल बनेपछि केही समय चुपचाप बसेकी थिइन्। त्यसपछि उनी पति छविराज ओझासँग सम्बन्ध तोडेर अलग्गै बस्दै आएकी छन्। हालै आफ्नो होम प्रोडक्सनबाट काली चलचित्र निर्माण सकेकी रेखाले सो चलचित्र चलाउन भने पूर्वपति छविराज ओझाकै सहारा लिन पुगेकी छन्। आगामी दसैंमा रिलिज गर्ने तयारी भएको सो चलचित्र चुनावमा आफू व्यस्त हुने भएपछि उनले छविलाई अधिकार दिएको स्रोतले बतायो।
यसैबीच, नेपाली चलचित्र क्षेत्रमा लोकप्रिय र वरिष्ठता हासिल गरेका आधा दर्जन चलचित्रकर्मी नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेका छन्। केही समयअघि मात्र चर्चित कवि श्रवण मुकारुङ कांग्रेस प्रवेश गरेका थिए। उनको प्रवेशले निकै ठूलो तरंग ल्याएपछि चर्चित कलाकारहरू कांग्रेस प्रवेश गर्न लागेको बुझिएको छ। त्यसका लागि विभिन्न चरणमा कुराकानी भइरहेको स्रोतले बतायो।
No comments:
Post a Comment