Tuesday, August 6, 2013

सुशीलले फरिया नलाँदा सेकुवा फसाद


susil-koirala             २३ साउन, काठमाण्डौं । इतिहासदेखि नै ‘फरिया फर्मुला’ मा चलेको कांग्रेसमा यसचोटि फरिया ‘बर्जित’ पारिँदा बजेको सेकुवामा वाइन र मासु खपत भएको छ । सभापति सुशील कोइराला भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्राणामा दिल्ली गएपछि केही ‘फरिया’ को सेकुवा जमघट भएको हो । जिकिर थियो, ‘सुशील दा’ लाई त्यत्रो भन्दाभन्दै किन मान्नुभएन ?’
                कोइरालाका नाममा रकम असुलीदेखि हैसियत दुरुपयोग गर्नेसम्मको अभियोग लागेका पिए लक्ष्मण ढकालविरुद्ध अनामनगरस्थित सेकुवा सेन्टरमा
खनिने कांग्रेस नेतृहरुमा हालै कोइरालासँगै अमेरिकाबाट फर्किएकी मृदुला कोइराला, बर्दियाकी मालती सोडारी, तरुण दलकी नेता लक्ष्मी खतिवडा र कपिलदेव थापाको सम्पत्तिसम्बन्धी उजुरीका कारण अप्ठेरोमा परेकी हेटौंडाकी रीता खनाल हुन् ।
                     दुई बर्षअघि सुशील अमेरिकाबाट र्फकदा जर्मनी, बेलायत हुँदै दिल्लीमा सोनिया गान्धीलाई सुटुक्क भेट्दासम्म साथ रहेकी मृदुला यसपालि किन भारतको टोलीमा परिनन् ? उनीहरुले यसबारे त्यहाँ चर्चा गरेको खबर छ ।

No comments:

Post a Comment