मलेसियाका विभिन्न शहरमा ४ दिनसम्म
आयोजना हुन लागेको ‘एभरेष्ट कर्न्सट’मा ‘मेरी बास्सै’का चर्चित कलाकार
विल्सन विक्रम राई ‘तक्मे बुढा’ र विश्वकै सबैभन्दा होचा चन्द्रबहादुर
डाँगीले नृत्य गर्ने भएका छन् । कार्यक्रमको बिषयमा जानकारी दिन आयोजना
गरिएको एक पत्रकार सम्मेलनमा विल्सनले डाँगीसँग आफूले नृत्य गर्ने जानकारी
दिए ।विश्व
आदिवासी दिवस तथा मलेसियाको ठूलो चाड हरि रायाको अवसर पारेर यो
कार्यक्रमको आयोजना गर्न लागिएको हो । यो कार्यक्रमको आयोजना १९ औ विश्व
आदिवासी दिवसको अवसर पारेर नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले
एभरेष्ट कर्न्सट नाम दिएर ४
दिनसम्म गर्न लागेको हो ।
विदेशमा नेपाली कलासंकृतिको जगेर्ना
गर्ने, कार्यक्रमबाट बचेको कोषले मलेसियामा रहेका श्रमिकहरुलाई आपतविपतमा
परेको बेला सहयोग गर्ने, विश्वको अग्लो चुचुरोलाई विश्वव्यापीकरण गर्ने,
गौतम बुद्धको जन्मस्थल नेपाललाई चिनाउने लगायतका उद्देश्य राख्दै यो
कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा
भाग लिनका लागि कलाकारहरुको टोली मंगलबार मलेसिया प्रस्थान गर्नेछ । यो
कार्यक्रमलाई आइएमी र आइटीएलले प्रायोजन गरेका छन् । कार्यक्रम नेपाल
आदिवासी जनजाति महासंघ मलेसिया र विभिन्न ११ वटा संस्थाहरुको सहआयोजनामा
हुन लागेको हो । ‘हिमाल पहाड तराई, प्रवासमा कोही छैन पराई, एभरेष्ट
कन्सर्ट २०१३ नै हो सबैको रोजाई’ भन्ने नारा दिएर यो कार्यक्रमको आयोजना
गर्न लागिएको हो ।
No comments:
Post a Comment