राकेश रोशनको निर्माण तथा निर्देशनमा
तयार भएको नयाँ चलचित्र ‘क्रिश ३’ को प्रोमो सार्वजनिक गरिएको छ । ब्रेन
सर्जरी पश्चात आराम गरिरहेका नायक ऋतिक रोशन, पि्रयंका चोपडा, विवेक ओबराय,
कंगना रनावत लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रको प्रोमो सार्वजनिक
भएसँगै यसको चर्चा पनि चुलिएको छ ।चलचित्रलाई
अत्याधुनिक प्रविधिले सिगारिएको छ । यसैले पनि यो चलचित्र हलिउडमा
बनेकासुपरम्यान, स्पाइडरम्यान स्तरको भएको तर्क छ । प्रोमो सार्वजनिक
भएसँगै यसको चर्चा र व्यापारको आँकलन पनि सुरु भएको छ । यो चलचित्र तिहारमा
प्रदर्शनमा आउँदैछ । ‘कोई मिल गया’, ‘क्रिश’ पश्चात सिक्वेल
स्वरुप ‘क्रिश ३’ निर्माण गरिएको हो । चलचित्रको प्रोमो शुक्रबारबाट
प्रदर्शनमा आउन लागेको साहरुख खान र दीपिका पादुकोण अभिनित चलचित्र
‘चेन्नाई एक्सप्रेस’सँगै पनि हेर्न सकिनेछ ।
No comments:
Post a Comment